Winamp windows Media Player Real Player QuickTime

डेङ्गोबाट वच्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

असार २४
धु्रवराज खनाल
डेङ्गो रोगबाट वच्नका लागी जिल्ला जनस्वास्थ्य कार्यालयले चितवनमा आज देखि लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्लाका दुई नगरपालिकामा तीन दिन सम्म यो अभियान संचालन गरिने छ । रत्ननगर नगरपालिका र भरतपुर नगरपालिकाका सवै वडामा घरघरमा पुगेर लार्भा नष्ट गरिने जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख केहरसिंह गोदारले जानकारी दिनुभयो । लार्भा खोजेर नष्ट गर्ने अभियानसंगै प्रत्येक घर घरमा पुगेर जनचेतना समेत फैलाउने उहाँले वताउनु भयो । अभियानका लागी दुई नगरपालिकामा जनस्वास्थ्य कार्यालयका सुपरभाईजर वाहेक एक सय ५० जना स्वयम सेविका खटाईएको छ । जनसंख्याको चाप वढि भएका ठाँउहरुका यस रोग चाँडै सर्ने भएकाले पहिलो चरणमा दुई वटा नगरपालिकामा अभियान सुरु गरिएको गोदारको भनाई छ । सफा पानी जम्ने थोत्रा टायरहरु,गमला,फुलदानीमा लामखुट्टेका लार्भा वस्ने भएकाले यस्ता ठाँउमा पानी जम्न दिन नहुने जनस्वास्थ्य प्रमुख गोदारले वताउनु भयो । घरका झ्याल,ढोकाहरुमाजाली राख्ने,घरवरिपरि भएका खाल्डा खुल्डी पुर्ने,साँझ पख घर वाहिर निस्कदा लामो वाउला भएका कपडा लगाउँदा डेङ्गोबाट वच्न सकिने चिकित्सकहरुको सुझाव छ  । दुई वर्ष अघि महामारीकै रुप लिएको डेङ्गो अहिले भने केही न्युनिकरण भएको छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News