Winamp windows Media Player Real Player QuickTime

शिखर हरियाली वनमा वृक्षारोपण

२५ असार
पुर्वी चितवनको शिखर हरियाली सामुदायिक वनमा आज वृक्षारोपण गरिएको छ । वन अतिक्रमण र तस्करी वढ्दै जाँदा वन उजाड भएपछि सामुदायिक वनले वृक्षारोपण गरेको हो । आज ५० हेक्टरमा वृक्षारोपण गरिएको सामुदायिक वनका अध्यक्ष केदार प्रसाद आचार्यले जानकारी दिनुभयो । २ हजार ५ सय विरुवा रोपिने सो सामुदायिक वनमा आज २ हजार विरुवा रोपिएको आचार्यले वताउनु भयो । वाँकी विरुवा रोप्न उपभोक्तालाई जिम्मा दिईएको छ । चेपाङ जातीको वस्ती रहेको सो ठाँउमा चिउरीलाई प्राथमिकता दिईएको छ । चिउरी एक हजार,मलेसियन साल ,साज र सिरिसका  पाँच÷पाँच सय विरुवा रोपिएको आचार्यले वताउनु भयो । ४ सय ८५ हेक्टर वन क्षेत्र मध्ये १ सय ५० हेक्टर क्षेत्रफल अतिक्रमण र तस्करीका कारण उजाड भएको छ ।  शशस्त्र प्रहरी गणिमाई गण भण्डारा र इलाका प्रहरी कार्यालय डडुवाका प्रहरी,वनका पदाधिकारी,सदस्य र उपभोक्ताको सहभागीतामा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण अघि आयोजित औपचारीक कार्यक्रम वनका अध्यक्ष केदारप्रसाद आचार्यको अध्यक्षता तथा शशस्त्र प्रहरी गणिमाई गण भण्डाराका सई वलराम खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय डडुवाका प्रहरी सहायक निरीक्षक दिपकराज खनाल,स्थानिय वुद्धिजिवी सुनवहादुर पर्जा,वनका उपाध्यक्ष ठाकुर भट्ट,सचिव लक्ष्मी सेढाई,कोशिला थापा मगरले लगायतले वोल्दै वन संरक्षणका लागी स्थानियवासीनै जिम्मेवार वन्नु पर्नेमा जोड दिएका थिए ।   
 

Local News

Political News

International News

Sports News