Winamp windows Media Player Real Player QuickTime

रत्ननगर ११ र १३ लाई पुर्ण साक्षर वडा घोषणा गर्नु पर्नेमा जोड

२५ असार
रत्ननगर नगरपालिकाको वडा नम्बर ११ र १३ मा संचालन गरिएको साक्षरता कक्षाबाट वडाका अधिकांश निरक्षर नागरिकहरु साक्षर भएकाले वडालाई निरक्षर उन्मुलन भएको वडा घोषणा गर्नु पर्ने त्यस क्षेत्रका सरोकारवालाले बताएका छन् । वडा सेवा केन्द्रको सभाहलमा आयोजना गरिएको समिक्षा कार्यक्रममा सहभागी त्यस क्षेत्रका राजनितिक दलका प्रतिनिधि ,टोल बिकाश संस्था, विद्यालयका प्रमुख तथा प्रतिनिधिले बिगतमा भन्दा यस बर्ष संचालित साक्षरता कक्षा प्रभावकारी भएको पाइएको समेत बताएका छन् । साक्षरता कक्षा संचालनका क्रममा नियमित हुन नसकेका  तथा निरक्षरको तथ्याड्ढ संकलनका बेला छुट भएका नागरिकको खोजीगरी स्थानिय पहलबाट उनिहरुलाई समेत साक्षर बनाउनु पर्नेमा समेत सरोकारवालाको जोड थियो । रत्ननगर ११ र १३ मा साक्षरता कक्षा संचालन गरेको स्वास्थ्य तथा वातावरण बिकाश समाजका कार्यक्रम संयोजक प्रदिप अधिकारीले रत्ननगर १३ मा रहेका कुल ३ सय २ निरक्षर मध्ये २ सय ७६ जना साक्षर भएको  र रत्ननगर ११मा कुल ४ सय ५ निरक्षर मध्ये ३ सय ४५ जना साक्षर भएको जानकारी दिनु भयो । संस्थाका अध्यक्ष ज्ञानेन्द्र रेग्मीले साक्षरता कक्षाबाट ९७ प्रतिशत भन्दा बढि साक्षर भैसकेको र बा“की रहेका केही ब्यक्तिलाई साक्षर बनाउन सामाजिक दवाब  र उत्प्रेरण सृजना गर्नु पर्ने बताउनु भयो । रत्ननगर ११ र १३का वडा सचिव शंकर बहादुर गिरीले दुबै वडालाई पुर्ण साक्षर वडा घोषणा गर्ने आधार तयार भैसकेकाले अब दोस्रो चरणको शिक्षा अगाडी बढाउनु पर्ने बताउनु भयो ।
    कार्यक्रममा सहभागि पञ्चकन्या उच्चमाबीका प्रधानअध्यापक मेघनाथ दुवाडीले साक्षरताकक्षामा छुट भएकाहरुको पारिवारिक पृष्ठभुमि पत्ता लगाउन सके विद्यालय पढ्ने विद्यार्थीको सहयोगबाट पनि साक्षर बनाउन सकिने बताउनु भयो । त्यसका लागि आवश्यक सहयोग गर्न आफु तयार रहेको उहाले बताउनु भयो । राप्रपा नेपालका प्रतिनिधि हरिहर पौडेलले साक्षर हुन बाँकी रहेकाहरुलाई साक्षर बनाउन आफुले ब्यक्तीगत रुपमै पनि सहयोग गर्ने बताउनु भयो । दराई टोल बिकाश संस्थाका अध्यक्ष रमेश खनालले पढ्न ईच्छुक निरक्षर नागरिक भए उनिहरुलाई पढाउन स्थानिय स्रोतबाटै पहल गर्न सकिने बताउनु भयो ।टोल बिकाश संस्था समन्वय समिति रत्ननगर १३का संयोजक हिरालाल खतिवडाले आफ्नो वडामा उमेर, स्वास्थ्य लगायतका कारण छिटपुट रुपमा निरक्षर रहेपछि १५ देखि ६० बर्ष उमेर समुहका अधिकांश नागरिक साक्षर भैसकेको जानकारी दिनु भयो ।निरक्षर केही पुरुष ब्यक्ति साक्षरताकक्षामा सहभागी नभएको पाईएकाले उनिहरुलाईका लागि बिषेश कार्यक्रम संचालन गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।
    कार्यक्रममा साक्षरताकक्षा संचालन गरेका सहयोगी कार्यकर्ता , निरिक्षण र अनुगमनमा सहभागि शिक्षक , टोल बिकाश संस्थाका पदाधिकारी लगायतले आफ्ना अनुभव सुनाउदै साक्षरता कक्षाको अवधि थोरै भएकाले अन्य सिप सहितको  कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।    वडा सचिव शंकर बहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिश्व प्रकाश अधिकारी , शान्ति कुमारी लामिछाने , भिष्म प्रसाद सुबेदी , अम्बिका रायमाझी , मोहनदत्त पाण्डे ,ध्रुब खनाल , लगायतले बोल्दै साक्षरता कक्षाले निरक्षर नागरिकलाई जागरुक बनाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । साक्षर भएकाहरुलाई सम्मान  र बिभिन्न अवसरमा प्राथमिकता दिन सके निरक्षरहरु समेत साक्षर हुन जागरुक हुनेमा उनीहरुको जोड थियो ।


  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News