Winamp windows Media Player Real Player QuickTime

कन्टेनरले ठक्कर दिँदा वसका १३ यात्रु घाईते

असार २६
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वी चितवनको खैरहनीमा आज विहान कन्टेनर र वस एक आपसमा ठोकिएर भएको दुर्घटनामा १३ जना घाईते भएका छन् । नारायणगढ तर्फ आउँदै गरेको स्थानिय रुटमा चल्ने ना ३ ख ८३३० नम्वरको वसलाई सोही दिसा तर्फ आउँदै गरेको ना ३ ख ५७९ नम्वरको कन्टेनरले खैरहनी ४ नमुना पेट्रोल पम्प अगाडी विहान साँढे ६ वजेतिर ठक्कर दिँदा वसमा सवार यात्रु घाईते भएका हुन् । घाईतेहरुको भरतपुर र स्थानिय मेघा पोलिक्निक पर्सामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । दुवै सवारी  र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News