Winamp windows Media Player Real Player QuickTime

कतारमा तिन नेपालीको मृत्यु

२८ असार
कतारमा गाडीको ठक्करबाट चितवनका एक व्यक्तीसहित तीनजना नेपालीको ज्यान गएको छ । राजधानी दोहामा रहेको सातीया गु्रपमा काम गर्ने उनीहरु काम सकेर फर्कन कम्पनीको गाडी पर्खि रहेका बेला विपरित दिशाबाट आएको गाडीले पेटीमा चढेर ठक्कर दिएको हो । ज्यान गुमाउनेमा पुर्बि चितवनको जुटपानी ४ सगुनटोलका २० बर्षका अर्जुन गौतमसहित बर्दियाका आशराम थारु र पतावरी चौधरी रहेको ईभाष्टो नेपाल म्यान पावर कम्पनी सामाखुशीका संचालक शमशेर गुरुङले जानकारी दिनु भएको छ । स्थानिय समय अनुसार हिजो दिउसो १२ डिउटी सकेर कम्पनीको गाडी पर्खि रहेको समयमा बिपरित दिशाबाट आएको ल्याण्ड क्रुजर गाडीले पेटीमा चढेर ठक्कर दिदा गौतम सहित सात जनाको ज्यान गएको हो । ज्यान जानेमा तिन जना नेपाली र चार जना भारतिय नागरिक रहेको सोही कम्पनीमा कार्यरत चितवनकै संजित महतोले टेलिफोनमा जानकारी दिनु भएको छ ।  ज्यान गुमाउने नेपालीहरु सोही म्यानपावर कम्पनीबाट दुई महिना अगाडी कतार पुगेका थिए ।
 

Local News

Political News

International News

Sports News