Winamp windows Media Player Real Player QuickTime

खैरहनी नमुना गाविस निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा गाविस घोषणा

२८ असार
पुर्वी चितवनको खैरहनी नमुना गाविसलाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा लागु भएको गाविस घोषणा गरिएको छ । गाविस क्षेत्रमा स्कुल उमेर समुहका वालवालिका विद्यालय वाहिर नरहेकाले गाविसलाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा लागु भएको घोषणा गरिएको गाविसका सचिव तथा गाँउ शिक्षा समितिका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनु भयो । खैरहनी उच्च माध्यमिक विद्यालयमा आज आयोजित एक समारोहकाबीच गाविसका पौडेलले गाविसलाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा लागु भएको घोषणा गर्नु भएको हो । १० वटा सामुदायिक विद्यालय रहेको सो गाविसमा १ हजार ५ सय ९१ जना विद्यार्थी रहेका छन् । गाविस भित्र एक वटा उच्च मावि,२ वटा निम्न मावि र ७ वटा प्राथमिक विद्यालय रहेको श्रोत व्यक्ती सोमनाथ तिवारीले जानकारी दिनु भयो ।  नगरउन्मुख रहेको सो गाविसमा रहेका निरक्षर वृद्धवृद्धालाई साक्षर वनाएर छिट्टै पुर्ण साक्षर गाविस घोषणा गरिने सचिव पौडेलले वताउनु भयो । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका उपाध्यक्ष कमला श्रेष्ठ,खैरहनी उच्च माविका प्राचार्य भरतप्रसाख पोखरेल,श्रोत व्यक्ती सोमनाथ तिवारी,गाँउ शिक्षा समितिका सदस्य भवानी लोहनी,वुद्धिजिवी प्रेम रिमाल,खैरहनी उच्च माविका शिक्षक नवराज ढकाल लगायत राजनैतिक दलका प्रतिनिधीहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गाविसका सचिव तथा गाँउ शिक्षा समितिका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News