Winamp windows Media Player Real Player QuickTime

लायन्स क्लवद्धारा सम्मान

असार २९
लायन्स क्लव अफ चितवन राईनो सिटीले सामुदायिक विद्यालयबाट २०६९ सालको एसएलसी परिक्षामा उत्कृष्ठ अंक ल्याउने छात्र छात्रालाई आज (शनिवार)सम्मान गरेको छ । सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट अंक ल्याउने लक्ष्मी उच्च मावि जगतपुरबाट एसएलसी दिएका सुदन भुषाल र खैरहनी उच्च माविबाट एसएलसी दिएकी सुष्मा उप्रेतीलाई नगद ५÷५ हजारका दरले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गर्नु भएको थियो । छात्र भुषालले ८५.७५ प्रतिशत तथा छात्रा उप्रेतीले ८६.२५ प्रतिशत ल्याएका थिए । लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष दिपककुमार खनालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा लायन रामकुमार तिवारी,लायन राजकुमार श्रेष्ठ,लायन प्रभात जोशी लगायतले मन्तव्य व्यक्त गर्दै शैक्षिक सफलताको कामना थिए । यसैबीच आजै लियो क्लव अफ रत्ननगरको पद हस्तान्तरण गरिएको छ । वर्ष २०१२÷१३ का अध्यक्ष अमित गुप्ताले वर्ष २०१३÷१४ का अध्यक्ष लुसी जोशीलाई पद हस्तान्तरण गर्नु भएको हो । लियो क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष निरज श्रेष्ठ,लायन्स क्लव अफ चितवन राईनो सिटीका अध्यक्ष दिपककुमार खनालको उपस्थितीमा पद हस्तारन्तण गरिएको थियो ।
 

Local News

Political News

International News

Sports News