Winamp windows Media Player Real Player QuickTime

विद्युत चोरीमा सलग्न २८ जना पक्राउ

असार २९
नेपाल विद्युत प्राधिकरण टाँडी शाखाले विद्युत चोरीमा सलग्न २८ जनालाई आज(शनिवार) पक्राउ गरी कारवाही गरेको छ । प्राधिकरणका सुपरभाईजर पुरुषोतम वस्यालको नेतृत्वमा गएको चुहावट नियन्त्रण टोलीले भण्डारा र कठार गाविसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १४ जना महिला र १४ जना पुरुष रहेको प्राधिकरणका फोर मेन निलप्रसाद तिमल्सीनाले जानकारी दिनुभयो । साथै चोरीको विद्युत प्रयोग गरी संचालन गरेको अवस्थामा टोलीले एक थान टिभी र एक थान पानी तान्ने मोटर समेत बरामद गरेको तिमल्सीनाले वताउनु भयो । विहान ५ वजेदेखिनै खटिएको चुहावट नियन्त्रण टोलीमा १५ जना प्रहरी र २५ जना प्राधिकरणका कर्मचारी सहभागी थिए ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: शुभबिहानी
  • Program Host: मनिषा
  • Time duration: 07:00 AM-07:30 AM

Local News

Political News

International News

Sports News