Winamp windows Media Player Real Player QuickTime

चितवनको बिकासका लागि निकासा रकमको २५ प्रतिशत असार महिनामा मात्रै खर्च

१ साउन
चितवन जिल्लाका सरकारी कार्यालयहरुमा निकासा भएको कुल रकमको २५ प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको छ । मुख्य रुपमा विकास निमार्णका काम गर्ने कार्यालयहरुले वर्षातको समय सगै हतारमा काम सकेर रकम निकासा लिएको पाईएको छ । कोष तथा लेखा नियन्त्रण कार्यलय भरतपुरले दिएको जानकारी अनुसार ९५ करोड ६३ लाख ५५ हजार रुपैंया असार महिनामा मात्र खर्च गरीएको छ । गत आर्थिक वर्ष भरमा ३ अर्ब ९० करोड १६ लाख ५३ हजार रुपैंया खर्च भएको थियो । जस मध्य चालु तर्फ २ अर्ब ९३ करोड १९ लाख २३ हजार र पुजीगत तर्फ ९६ करोड ९७ लाख २९ हजार रुपैंया खर्च भएको कार्यालयका प्रमुख कृष्ण प्रसाद भण्डारीले वताउनु भयो । जिल्लाका ६२ वटा कार्यलयलाई गत आर्थिक वर्षमा ४ अर्ब १२ करोड ५२ लाख ३३ हजार रुपैंयाको अख्तियारी दिईएको थियो । जस मध्र्य चालु तर्फ ३ अर्ब १ करोड ४९ लाख ६१ हजार र पुजीगत तर्फ १ अर्ब ११ करोड २ लाख ७२ हजार रुपैंयाको अख्तियारी आएको कार्यालयले जनाएको छ । अख्तियारी रकमको ९४ दशमलव ५८ प्रतिशत रकम खर्च भएको प्रमुख भण्डारीले वताउनु भयो । जिल्लामा असार महिनामा मात्र थप ५१ करोड रुपैंयाको अख्तियारी आएको थियो । ढिला गरी वजेट निकासा गराउने र मिले मतोमा थोरै काम गरेर धेरै रकम हिनामिना हुने गरेको गुनासो आउने गरेको छ । असार महिनामा निमार्ण, मर्मत सम्हार लगाएतमा वढि रकम खर्च भएको पाईएको छ ।


  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News