Winamp windows Media Player Real Player QuickTime

भरतपुर अस्पतालको क्लिनिक सेबा प्रभाबकारी नभएको गुनासो

१ साउन
भरतपुर अस्पतालमा संञ्चालनमा ल्याईएको शशुल्क क्लिनीक वाट आवश्यकता अनुसारको सेवा नपाएकोमा सेवा ग्राहिले गुनासो गरेका छन् । भरतपुर अस्पतालमा आएका बिरामीहरुलाई सेवा दिने उद्येश्यले सञ्चालनमा आएको सो क्लीनिकमा २ बजेदेखि मात्र टिकट पाउने हुंदा बिरामीहरु मर्कामा परेका छन् । भरतपुर अस्पतालले दिने सरकारी सेवातर्फको टिकट बिहानको समयमा नै बन्द हुने र पछि आउनेहरुलाई टिकटका लागि २ बजेसम्म कुर्नुपर्ने भएकोले समस्या भएको बिरामीहरुको भनाई छ । भरतपुर अस्पतालले अस्पतालमा आएका बिरामीहरु फर्कन नपरोस भन्ने उद्धेश्यले जेष्ठ १६ गते देखि सःश्ल्क क्लीनिक सञ्चालनमा ल्याएको थियो । सरकारी अस्पतालले यसरी पैसा तिरेर उपचार गराउने प्रणाली सञ्चालनमा ल्याएको प्रति सर्वसाधारणहरु अचम्मीत छन् । पैसा तिरेर त निजि अस्पतालहरुमा पनि उपचार गराउन पाइन्छ भन्दै नवलपरासीबाट उपचारका लागि भरतपुर अस्पतालमा आउनुभएकी मीनु घिमीरेले आर्थिक स्थिति कमजोर हुनेहरुलाई समस्या पर्ने बताउनु भयो ।
यसरी सञ्चालन भइरहेको श ःशुल्क क्लीनिकमा डाक्टरहरु नवस्ने गरेको पनि जनगुनासो रहेको छ । २ बजेको समय पश्चात डाक्टरहरु आफ्ना आफ्ना निजि क्लीनिक तथा अस्पतालहरुमा जांदा शःशुल्क क्लीनिकमा भेटिन गाह्रो परेको बिरामीका आफन्तहरु बताउंछन् ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News