Winamp windows Media Player Real Player QuickTime

सुचना नपाएको सेबाग्राहीको गुनासो

१ साउन
जिल्ला बारएसोसिएसन चितवन शाखा बाट प्रदान गरीने सुचनाको अभावका कारण सर्वसाधारण निशुल्क कानुनी सेवा लिन बाट बञ्चित हुदै आएका छन् । सामाजिक आर्थिक रुपले पछाडी पारिदै आएका गरिव तथा असाहय व्यक्तिहरुलाई निशुल्क कानुनी सेवा दिने उदेश्यले स्थापना गरिएको कानुनी सेवाको बारेमा जानकारी नहुदा सर्वसाधारण यो सेवा लिन बाट अझै बञ्चित हुदै आएको हुन् । बार एशोसियशनको मातहतमा सञ्चालन हुने निशुल्क कानुनी सेवा चितवनमा वि.स. २०६३ सालमा स्थापना भएको हो । यस बारे सर्वसाधारण अझै अनविज्ञता भएका कारण स्थापना काल देखि अहिले सम्म करिव ५ सय जनाले मात्र निशुल्क कानुनी सेवा लिएको बार यशोसियसनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । पीडितहरुलाई अदालतको ढोका सम्म ल्याउनको लागि समाजमा कुनै वातावरण नहुदा सर्वसाधारणले निशुल्क कानुनी सेवा लिन बाट बञ्चित भएको अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ । अहिले सेवा केन्द्रमा २५ वटा मुद्धाको फैसला हुने क्रममा रहेको भन्दै अध्यक्ष श्रेष्ठले यस वारेमा सर्वसाधारणलाई थाहा नभएका कारण न्युन मात्रमा सेवा लिन आएको वताउनु भयो । पीडितहरुलाई स्थानिय स्तरमा नै कानुनी सेवाको बारेमा जानकारी दिन नसक्दा सर्वसाधारणले सेवा केन्द्रको वारेमा थाहा पाउन नसकेको कानुन विदहरुको भनाई छ । उनीहरका अनुसार हरेक सचेत नागरिक तथा गाविस स्तर बाटनै काुननी सेवाको बारेमा जानकारी गराउन आवश्याक छ । अहिले सम्म केन्द्रमा पारिवारिक, तथा आर्थिक हक अधिकारका साथै सम्वन्ध विच्छेदका मुद्धाहरु पर्ने गरेको छ । यो सेवा केन्द्रको वारेमा अबका दिनमा बार यशोसियसनले गाविस सचिवहरु संग अन्र्तक्रिया गरी सर्वसाधारणलाई निशुल्क कानुनी सेवा लिन बाट नछुटुन भन्ने अभियान सञ्चालन गर्ने जनाएको छ ।
 


  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News