Winamp windows Media Player Real Player QuickTime

साहाराको घरलाई ३२ हजार सहयोग

साउन २
रत्ननगर १ वकुल्लहरमा रहेको अनाथ वालवालिका संरक्षण तथा आवास केन्द्र(साहाराको घर) लाई आज चितवन युवा समुह दोहा कतारले ३२ हजार आर्थिक सहयोग गरेको छ । चितवन युवा समुह दोहा कतारका अध्यक्ष भुमिराज कार्कीले केन्द्रकी अध्यक्ष स्वस्तिका तिवारीलाई सो नगद रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको हो । केन्द्रमा रहेका वालवालिकाहरुलाई खाद्यान्नको अभाव रहेको समाचार संचार माध्यमबाट थाहा पाएपछि कतारमा संकलन गरिएको सो रकम केन्द्रमा आएर सहयोग गरेको समुहका अध्यक्ष कार्कीले वताउनु भयो । साहारा केन्द्रमा चितवनसहित विभिन्न जिल्लाका १० जना अनाथ वालिका आवासीय सुविधा सहित अध्ययनरत छन् । कार्यक्रमका प्रमुख अतिथी चितवन युवा समुह नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सो अवसरमा समुहले चितवनका विभिन्न क्षेत्रमा हालसम्म ४० लाख भन्दा वढि सहयोग गरि सकेको जानकारी दिनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा लोक तथा दोहोरी गायिका सिता कंडेल,केन्द्रकी अध्यक्ष स्वस्तिका तिवारी,चितवन युवा समाज दोहा कतारका आजिवन सदस्य एवंम पुर्वी चितवन पत्रकार मंचका अध्यक्ष रवि भट्ट लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम केन्द्रकी अध्यक्ष तिवारीको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News