Winamp windows Media Player Real Player QuickTime

वुढीकुलो खोला विद्यार्थीको पढाईमा वाधा

४ साउन
वर्षायाममा वुढीकुलो खोलामा आउने वाढीका कारण जुटपानी ५ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर क मा अध्ययनरत विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको छ । विद्यालय जुटपानीमा रहेपनि खोलापारी रहेको पिठुवा ७ र रत्ननगर १२ बाट विद्यार्थी पढ्न आउनु पर्ने भएकाले वर्षाको वेला उनीहरुको पढाई प्रभावित हुने गरेको हो । सो विद्यालयमा पिठुवा ७ र रनपा १२ का दलित र जनाजातीका करिव एक सय ७० जना विद्यार्थीहरु पढ्न जाने गरेका छन् । करिव २ सय जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयमा ९० प्रतिशत दलित र जनजाती विद्यार्थी रहेका छन् । वुढीकुलो खोला जुटपानी ५ ,रनपा ११ र १२ तथा  पिठुवा गाविसको  वडा नम्वर ७ को दोसाँधमा वग्ने भएकाले पुल निर्माणमा कुनै पनि निकायको ध्यान जान नसक्दा समस्या भएको सोही विद्यालयका शिक्षक कृष्णप्रसाद अधिकारीले वताउनु भयो । पुल नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वर्षाको वेला जोखिम मोलेरै भएपनि पढ्न जानु पर्ने वाध्यता रहेको अधिकारीले वताउनु भयो । वर्षाको वेला विद्यालयमा पढ्ने ५० प्रतिशत विद्यार्थीलाई अभिभावकले खोला तारेर विद्यालय ल्याउने गरेको र ५० प्रतिशत विद्यालयनै आउन नसक्ने उहाँको भनाई छ ।  एक रातमा पर्ने पानीका कारण समेत सो खोलामा आवागमन अवरोध हुने गरेको छ । सो विद्यालय पिठुवा ७ को पश्चिम सिमाना नजिकै रहेकाले विद्यार्थीहरु जमुनापुर क विद्यालयमा पढ्न जाने गरेका छन् । विद्यार्थीहरुको पढाई प्रभावित हुने भएकाले त्यहाँका स्थानियवासीले जनश्रम दान र नगद संकलन गरेर अस्थायी रुपमा खोला तर्न वाँस फड्के पुल निर्माण गरेका छन् । नगद र जनश्रमदानगरी ३५ हजारको लागतमा सो फड्के पुल निर्माण गरेर आवातजावतको व्यवस्था मिलाईएको पुल निर्माण कमिटीका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो । फड्के पुलको आज(शुक्रवार) उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेलले एक कार्यक्रमकाबीच सो पुलको उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मन्तव्य राख्दै समाजसेवी विनोद रेग्मी ,चन्दप्रसाद पौडेल लगायतले पक्की पुल निर्माणका लागी सम्वन्धीत निकायमा पहल गर्र्ने वताएका थिए ।

 
  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News