Winamp windows Media Player Real Player QuickTime

नारायणीमा पानीको वहाव यस वर्षकै उच्च,दर्जनौ घर डुवानमा

साउन ७

नारायणी नदिमा पानीको बहाब यो बर्षकै उच्च बिन्दुमा पुगेको छ । पहाडी क्षेत्रमा परेको अबिरल बर्षाका कारण नारायणीमा पानीको बहाब उच्च भएको हो ।पानीको सतह बढेपछि नदि आसपासका घरहरु डुबानमा परेका छन् । बाढिका कारण उद्योग बाणिज्य संघ चितवनको आडमा रहेको प्रर्दशनी मैदान डुबानमा परेको छ ।साथै पश्चिम चितवनका बिभिन्न स्थानमा नदि किनारमा रहेका घरहरु डुबानमा परेका छन भने नदिले कटान गर्ने क्रम सुरु गरेको स्थानियले बताएका छन् । जिल्ला बिपत्त  ब्यबस्थापन समिति चितवनले बाढी बाट बच्न सजग रहन सबैमा अपिल गरेको छ ।जिल्ला बिपत्त ब्यबस्थापन समिति चितवनका श्रोत ब्यक्ती बलराम लुईटेलका अनुसार नारायणी नदिमा पानीको सतह ९ मिटर ३० सेन्टिमिटर नाघेको  छ । नारायणी नदीमा पानीको सतह ८ मिटर पुग्नुलाई  खतराको संकेत मान्ने गरिन्छ । नदीमा पानीको सतह ६ दशमलव ८ मिटर  भन्दामाथि पुगेमा नदी किनारका बासीन्दालाई सचेत रहन सुचित गर्ने गरिन्छ । नारायणी नदीमा २०६१ साल पछिको सबै भन्दा ठुलो बाढी अहिले आएको स्थानीयबासिन्दाले बताएका छन् । बजारदेखि नजिकै रहेको बाह्रघरेको तल्लो बेल्ट डुवानमा परेको छ । सो स्थानका घर भित्र पानि वसे पछि स्थानिय वासीहरु सुरक्षीत स्थानमा गएका छन । बाढिका कारण नारायणीले नारायणगढमा रहेको वालकुमारी नसिङर्् कलेज, सडक बालबालिका पुनस्र्थापना केन्द्र हाम्रो घरसहितका दुई दर्जनबढि घर डुबानमा परेका छन् । पश्चिम चितवनका गुन्जनगर, दिव्यनगर, मेघौली, मंगलपुर लगायत गाबिस नारायणी नदीको बाढीको जोखिममा रहेको भन्दै जिल्ला प्रसासन कार्यालय चितवनले सचेत रहन आग्रह गरेको छ । बाढीका कारण नबलपरासीको गैडाकोट २ मा रहेको नदि किनारको बस्ति पनि डुबानमा परेको छ ।  नदी नजिक नजान र अति आवश्यक समान तयारी अवस्थामा राख्न चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले  सबैलाई आग्रह गर्नु भएको छ ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News