Winamp windows Media Player Real Player QuickTime

चितवनका ६ जना प्रहरी वर्खास्त

साउन ७
प्रहरी आचारण बिरुद्ध कार्य गर्ने चितवनका ६ जना प्रहरी जवानलाई जागीर बाट बर्खास्त सहित ५० जना प्रहरीहरुलाई बिभागिय काबार्ही गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।प्रहरी कार्यलय चितवनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी गत २०६९ साल भदौ २४ गते देखी हाल सम्म उनीहरुलाई कारवाही गरिएको स्पष्ट पारेको छ ।काबार्हीमा पर्नेहरुमा १ महिला र सादा पोषाकका १ प्रहरी जवान सहित ५० जना प्रहरीहरु रहेका छन् ।काबार्हीमा ३० जनालाई नसिहद दिइएको,७ जनालाई तल्लो टाईमस्केलमा घटुवा गरिएको,त्यस्तैगरी २ जनाको पदोन्नती रोक्का गरिएको,५ जनालाई शख्त चेतावनी दिइएको र ६ जनालाई जागीर बाटै बर्खास्त गरिएको चितवनका प्रहरी उपरिक्षक दिपक कुमार थापाले जानकारी दिनु भयो ।  यसैबिच     आफनो पेशाप्रती कर्तब्यनिष्ठ भई ईमानदारितापुर्बक जनताको सेबा गर्ने जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत ४९ जना प्रहरी जवानहरुलाई प्रहरी कार्यलय चितवनले सम्मान एंब पुरस्कृत गरेको छ । सम्मानितहुने हरुमा प्रहरी निरिक्षक १ जना प्रहरी नायब निरक्षक ९ जना यस्तै १३ जना प्रहरी हवलदार र १७ जना प्रहरी जवान रहेको उपरिक्षक थापाले जानकारी दिनु भयो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News