Winamp windows Media Player Real Player QuickTime

दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

११ साउन
चितवनको नारायणगढ कुरिनटार सडकखण्ड अन्तर्गत दारेचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कुरिनटारबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपी ३२ सिजेड ९०३ नम्बरको ट्रकले विपरीत दिशातर्फ गैइरहेको बा ५० प ९४७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा परी तनहु आँबुखैरेनीका २८ वर्र्षका डिसिजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राती १ बजेको समयमा भएको सो दुर्घटनामा परी गम्भीर घाइते भएका परियारको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकलको पछाडि बस्ने अर्जुन श्रेष्ठ भने घाइते भएका छन् । उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

Local News

Political News

International News

Sports News