Winamp windows Media Player Real Player QuickTime

स्वास्थ्य स्वयम् सेविकालाई साईकल

११ साउन
पूर्वी चितवनको चैनपुर गाविसले आज महिला स्वास्थ्य
स्वयम्सेविकाहरुलाई साईकल वितरण गरेको छ । गाविस भित्र स्वास्थ्य सेवाको
पहुँच पु¥याउन महात्वपूर्ण भूमिका खेलेको भन्दै गाविसले प्रत्यक वडाका ९ जना
स्वयम्सेविकाहरुलाई साईकल वितरण गरेको छ । सवारी साधनको अभावका कारण
ग्रामीण बस्तीमा पुगेर  स्वयम्सेविका हरुलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन
गाह्रो भएपनि साईकलको व्यवस्था गरिएको गाविस सचिव विष्णु प्रसाद
पोखरेलले जानकारी दिनुभयो । स्वयम् सेविकाहरु कमला थापा,कृष्णकुमारी
ढुंगाना,इश्वरी बस्नेत,कविता उप्रेती,दुर्गा खड्का,दुर्गा गुरुङ,चन्द्रमाया
श्रेष्ठ,पुण्यप्रभा अधिकारी,सुमित्रा सिंखडाले साईकल पाउनु भएको छ । सोही
समारोहमा गाविस भित्रका १७ जना अपाङगहरुलाई भत्ता समेत वितरण गरिएको सचिव पोखरेलले जानकारी दिनुभयो । महिला स्वास्थय स्वयम् सेविका इश्वरी बस्नेतले सरकारले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा माम गर्ने महिलाहरुलाई वेवास्ता गरेको बताउनु भयो । कार्यक्रममा स्थानीय शान्ति समिति चैनपुरका संयोजक रामेश्वर पोखरेल,चैनपुर उपस्वास्थ्य चौकीका प्रमुख विष्णु प्रसाद
रिजाल,महिला स्वास्थय स्वयम् सेविका इश्वरी बस्नेत,अपाङग उत्थान समिति चैनपुरका अध्यक्ष किरण खड्का,नेपाल रेडक्रस सोसाईटी उपशाखा चैनपुरका सभापति चन्द्रकान्त न्यौपाने तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले वोल्नु भएको थियो । कार्यक्रम गाविस सचिव विष्णु प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न
भएको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM
  • Next Program
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM

Local News

Political News

International News

Sports News