Winamp windows Media Player Real Player QuickTime

ऐतिहासिक लोरीघोल क्षेत्रको सरसफाई

साउन १२
स्थानिय युवाहरुले रत्ननगर–३ मा रहेको लौरीघोल तालको आज सरसफाई गरेका छन । न्यू सेन्चुरी युवा क्लवको अगुवाईमा तालको करिब १० कठ्ठा क्षेत्रफल सरसफाई गरिएको हो । युवाहरुले तालमा रहेको कर्कलो,जलकुम्भी र कराते झार निकालेर फालेको क्लवका अध्यक्ष सुर्यमान तामाङले जानकारी दिनुभयो । सिमसार र जमिनमुनी वाट मुल फुटने भएकाले लौरीघोल रत्ननगरको ऐतिहासिक महत्व वोकेको क्षेत्र हो । धार्मिक पर्यटनको सम्भावना रहेको सो क्षेत्रमा रहेको ताल संरक्षणको अभावले बर्षौ देखि अलपत्र परेको थियो । ताल सरसफाई गरेर लोरीघोलको महत्व र तालको मुल सुक्न नदिन युवाहरुले सरसफाई गरेको स्थानीय समाजसेवी शेषनाथ अधिकारीले जानकारी दिनुभयो । लोरीघोलको संरक्षणको लागि रत्ननगर नगरपालिकाले बजेट छुट्याउने गरेको भएपनि लामो समय सम्म ताल सरसफाई हुन नसकेको उहाँले बताउनु भयो । ३ विगहा भन्दा बढि क्षेत्रफलमा फैलिएको सो क्षेत्र परापूर्वक कालमा विष्णु भगवानले पालेका गाईहरुलाई पानी खुवाउने ठाउँ रहेको किम्वदन्ती रहदै आएको छ ।


Local News

Political News

International News

Sports News