Winamp windows Media Player Real Player QuickTime

भरतपुर अस्पतालको भुईमै विरामीको उपचार

साउन १२
धु्रवराज खनाल
चितवनको भरतपुर सरकारी अस्पतालमा विरामीको चापका कारण भुईमै राखेर उपचार गराउनु पर्ने वाध्यता भएको छ । अस्पतालमा वार्डको क्षमता भन्दा वढि विरामीहरु आएपछि उनीहरुको भुईमै राखेर उपचार गराउन वाध्य भएको अस्पतालले जनाएको छ । दैनिक २५ जना सम्मलाई डिस्चार्ज गर्दा पनि ठाँउको अभाव रहेको अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो । पानी परेको वेला विरामीको संख्या कम हुने र पानी नपरेको वेला विरामीको चाप अत्याधिक हुने अधिकारीले वताउनु भयो । वढि पैसा तिरेर उपचार गराउने क्याविन समेत भरीभराउ भएको उहाँको भनाई छ । तत्काल ज्वरो आउँदा आत्तिएर धेरैजसो विरामीहरु अस्पताल आउने गरेको अधिकारीले वताउनु भयो । अस्पतालमा उपचारका लागी आएका विरामीहरुको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिनुभयो । चितवनमा उच्च ज्वरो र डेङगोले कारण अघिल्ला वर्षहरुमा प्रकोपको रुप लिएको थियो । तर अहिले त्यस्तै अवस्था नरहेको अस्पतालले जनाएको छ । उपचारका लागी आउनेहरुमा भाईरल ,डाईरिया,चक्कर लाग्ने जस्ता विरामीहरुको संख्या ३३ प्रतिशत रहेको छ । गर्मीको मौषम र पानी पर्ने रोकिने भईरहेकाले समस्या आउने भएकाले खानपानमा विषेश ध्यान दिन चिकित्सकहरुले सल्लाह समेत दिएका छन् ।   
 

Local News

Political News

International News

Sports News