Winamp windows Media Player Real Player QuickTime

राष्ट्रीय घरबहाल ऐन चाहियो

साउन १४
राष्ट्रीय घरबहाल ऐन तत्काल ल्याउनुपर्ने नेपाल घरबहाल उपभोक्ता मञ्चमा आबद्ध ब्यबसायिहरुले माग गरेका छन । नेपाल घरबहाल उपभोक्ता मञ्च जिल्ला कार्य समिती चितवनको दोस्रो साधारण सभा एबम बिषेश माहाधिबेसन मा बोल्दै उनीहरुले राष्ट्रीय घरबहाल ऐन नहुनाले आफुहरुको ब्यबसाय धरापमा परेको गुनासो गरेका हुन । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै उधोग बाणिज्य संघ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईले ब्यबसायि र घरमालिक बीच लिखीत सम्झौता हुन सक्यो भने तत्कालका लागी यो समस्या कम हुने बताउनुभयो ।कार्यक्रममा बोल्दै अन्तरिक राजश्ब कार्यलय चितबनका प्रमुख प्रेम उपाध्यायले घर बाहाल उपभोक्ता मञ्चले उठाएका बिषयमा आफुले पहल गरिरहेको बताउनु भयो । त्यस्तै नेपाल घरबहाल उपभोक्ता मञ्च जिल्ला कार्य समिती रुपन्देहीका अध्यक्ष शंकर कोईरालाले लाखौ लगानी गरेर ब्यबसाय सञ्चालन ग¥यो कुन बेला घरबेटीले उठाउने हो भनेर सधै समस्याले पिरोल्ने गरेको बताउनुभयो ।दोश्रो साधरण  सभामा नेपाल घरबहाल उपभोक्ता मञ्च जिल्ला कार्य समिती चितबनका सचिब माधब पौडेलले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष बिष्णु प्रसाद कंडेलले आथिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News