Winamp windows Media Player Real Player QuickTime

जिबिस चितवनको सुचना केन्द्र अब्बस्थित

साउन १४
जिल्ला विकास समिति चितवनमा रहेको सुचना तथा अभिलेख केन्द्र एवं पुस्तकालय अहिले अव्यवस्थित वन्दै गएको छ । जिल्ला विकास समिति चितवनले ववस्थापन गर्न नसक्दा  पुस्तकालयको अव्यवस्थित वन्दै गएको हो । २०५९ साल देखि सुरु गरीएको सो पुस्तकालयमा अहिले जिल्ला विकास समिति चितवनले क्रमचारी राख्न नसक्दा यस्तो समस्या देखा परेको हो । पुस्तकालयमा अहिले कुनै पनि पत्र पत्रिका राखिएको छैन भने भएका सामानहरुको पनि राम्रो सग व्यावस्थापन गर्न सकिएको छैन । आएको स्थानिय पत्र पत्रिकाहरुलाई सोध पुच्छ कक्षमा नै राखिने गरीएको छ । जसका कारण पुस्तकालयमा पुग्ने पाठकहरु निरासा लियर फर्किन सिवाय केहि छैन । छन् त अहिले त्यहा विगत ५ वर्ष अघि देखिका जिल्ला विकास समिति चितवनका गुरुयोजनाका पुस्तकहरु मात्रै । यस विषयमा चितवनका स्थानिय विकास अधिकारी तिलक पौडेलले यसलाई व्यावस्थित वनाउनका लागि आफुले पहल गरेको अवको केहि दिनमा नै यसलाई व्यावस्थित वनाउने वताउनु भयो । पुस्तकालयमा जिल्ला विकास समिती चितवनले साउन १ गते देखि कुनै पनि पत्र पत्रिका राखेको छैन ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News