Winamp windows Media Player Real Player QuickTime

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सख्या घट्यो

साउन १४
चितवन राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या घटेको छ ।  बाघ दिवसका अवसरमा आज सौराहामा आयोजना गरेको बाघ गणना सार्वजनिक कार्यक्रममा अघिल्लो गणना भन्दा अहिले गरीएको गणनामा बाघको संख्या ५ ले घटेको निकुञ्जले जनाएको छ । अघिल्लो गणनामा बाघको सख्या १ सय २५ रहेकोमा अहिले घटेर १ सय २० मा झरेको छ । त्यस्तै चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको पर्सा वन्यजन्तु आरक्षमा भने बाघको संख्या वढेको छ । अघिल्लो गणनामा ४ वटा रहेको बाघ वढेर ७ पुगेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक टिकाराम अधिकारीले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा रहेका बाघको गणना सार्वजनिक गर्नु भएको हो । त्यसैगरि बाके राष्ट्रिय निकुञ्जमा चार , बदिया राष्ट्रिय निकुञ्जमा ५० र शुक्लफाटा बन्यजन्तु आरक्षमा १७ वटा औषत बाघको संख्या रहेको सो अबसरमा जानकारी गराईएको थियो । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपमाहानिर्देशक टिकाराम अधिकारीले कार्यक्रममा सार्बजनिक गर्नुभएको तथ्याङकमा सर्बेक्षण गरिएका पाच वटा राष्ट्रिय निकुञ्ज , आरक्ष , तीनका मध्यबर्ती क्षेत्र र आसपासका बन क्षेत्रमा कुल बाघको औषत संख्या एक सय ९८ देखिएको छ । यसअघि सन् २०१० मा एक सय ७२ वटा बाघको औषत संख्या निकालिएको थियो । देशभरको तथ्याङकलाई हेर्दा २७ वटा बाघ बढेको सो अबसरमा जनाकारी गराईयो । बाघको न्युनतम संख्या एक सय ६३ र अधिकतम संख्या दुई सय ३५ देखाईएको छ ।
यस बर्षको बाघ सर्बेक्षणका लागि नेपाल सरकारका निकुञ्ज ,आरक्ष र जिल्ला बन कार्यलयका कर्मचारीहरु ,राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिकहरु,बिश्ब बन्यजन्तु कोष नेपालका कर्मचारीहरु नेपाली सेना ,स्थानिय उपभोक्ताहरु ,प्रकृति पथ प्रर्दशक हरु , आईटी एनसी र बिश्ब बिद्यालयका बिद्यार्थी गरि दुई सय ६८ जना सम्लग्न रहेको सो अबसरमा जानकारी दिईयो । २०६९ माघ २३ गते देखि २०७० जेष्ठ २२ गते सम्म गरिएको सर्बेक्षणमा क्यामेरा लगायतका उपकरण खरिद समेत गरि रु तीन करोड ५० लाख खर्च  भएको कार्यक्रममा जानकारी गराईयो ।बाघ गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष , बिश्ब वन्यजन्तु कोष नेपाल र युएसआईडी हरियो बन कार्यक्रमले आर्थिक सहयोग गरेका हुन । सन् २०१० मा रसियाको सेन्ट पिट स्बर्गमा भएको बाघ पाईने देशका राष्ट्र प्रमुख हरुको सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता अनुरुप संरक्षण कार्यलाई अगाडि बढाईदै आईएको छ । क्यामेरा ट्र¥यापिङ प्रबिधि बाट बाघ गणना गरिएको हो । काठमाण्डौ , चितबन र बर्दियामा आज एकै साथ कार्यक्रमको आयोजना गरि बाघ गणनाको तथ्याङक सार्बजनिक गरिएको हो । चितबनको सौराहामा आयोजित बाघ गणना एबम सम्मान  कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका पूर्ब सचिब उदयराज शर्मा , बिभागका संस्थापक माहानिर्देशक बिश्ब नाथ उप्रेती, चितबनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्मा ,चितबन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष यम बाहादुर परियार, निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङ कुबर लगायतले एकल प्रयास बाट संरक्षण सम्भब नहुने हुदा सबै एक जुट भएर संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । सो अबसरमा बिभिन्न दलका प्रमुख एबम प्रतिनिधिहरु , पर्यटन ब्यबसायी ,संरक्षण क्षेत्रका बिभिन्न ब्यक्तिहरुले आआफनो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा जैबिक बिबिधता तथा बताबरण संरक्षण क्षेत्रमा  बिभिन्न ढङग बाट योगदान पुयाउने चार जना पत्रकार सहित ५२ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा रासस चितबनका प्रतिनिधि नारायण अधिकारी , नबलपरासीका काबासोती प्रतिनिधि विद्रोही गीरी , नागरिक दैनिकका रमेश कुमार पौडेल र गोरखापत्र दैनिककी  शान्ता अधिकारी रहेका छन् ।


  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News