Winamp windows Media Player Real Player QuickTime

वचतले चेपाङको जीवन परिवर्तन

१५ साउन
धु्रवराज खनाल
पुर्वी चितवनको पिप्ले वडा नम्वर ८ धमिलीमा रहेका चेपाङ समुदायका महिलाहरुले वचत गर्न थालेपनि जीवनयापनमा परिवर्तन आउन थालेको छ । लाली गुराँस समुहसहित सो ठाँउमा ६ वटा महिला समुह रहेका छन् । महिलाहरुले समुहमा वचत भएको रकम  व्यवसाय संचालन गर्न,घर खर्च टार्न र विरामी पर्दा प्रयोग गर्ने गरेका छन् । केहीले व्यवसाय संचालन गर्न रकम लगेपनि धेरैले घरखर्च टार्न र विरामी पर्दा लैजाने गरेका छन् । समुहबाट लगेको रकम २ रुपैयाँ व्याजमा उनीहरुले तिर्ने गरेका छन् । सो क्षेत्रका चेपाङ समुदायको आम्दानीको श्रोत दाउरा भएकाले दाउरा वेचेर ऋण तिर्ने गरेको समुहका सचिव रेखु प्रर्जाले जानकारी दिनु भयो । समुहकै सचिव रेखुले वचत गरेको रकम ऋण निकाली पसल संचालन गरेकी छिन् । पसल संचालन गरेपछि रेखुको जीवनयापनमा परिवर्तन आएको छ । पसल संचालन पछि पहिले दाउरा वेचेर घर खर्च टार्ने गरेकी रेखुको दाउरा वेच्नु पर्ने वाध्यता हटेको छ । पहिले दाउरा वेच्नु पथ्र्यो सचिव रेखुले भन्नुभयो–समुहबाट झिकेको पैसाले पसल संचालन गरेपनि दाउरा वेच्नु पर्ने वाध्यता हटेको छ जीवनयापनमा पनि परिवर्तन आएको छ । लाली गुराँस समुहमा ३० जना चेपाङ महिलाहरु आवद्ध छन् । समुहबाट ऋण लगेका सवैले तिर्ने गरेका समुहकी सचिव रेखु प्रर्जाले वताउनु भयो । सो क्षेत्रका समुदायलाई परिवर्तन नाम संस्थाले पनि सहयोग गरेको छ । सो संस्थाले एक सय १४ घरधुरी रहेको गाँउमा सोलार उपलव्ध गराउनुका साथै ५८ जनालाई २÷२ वटा वाख्रा पनि वितरण गरेको छ । पुर्वपश्चिम राजमार्गबाट करिव एक घण्टा उकालो उक्लेर पुगीने सो ठाँउमा विद्युतको सुविधा छैन् । वाख्राबाट हुने आम्दानीले  पनि उनीहरुले घर खर्च टार्ने गरेका छन् । बारीमा लगाएको मकैले तीन महिला खान पुग्ने त्यस क्षेत्रका चेपाङ समुदायले अरु वाँकी महिना कन्दमुल र ऋण काटेर खानेकुरा किन्ने गरेका छन्  । पहिले जस्तो कन्दमुलमै भर पर्नु नपर्ने समुहकी सचिव रेखु प्रर्जाले वताउनु भयो । अहिले चेपाङ समुदाय कुल्ली काम गरेर घर खर्च समेत टार्ने गरेका छन् । एक घण्टा पैदल हिडेर जानु पर्ने सो ठाँउ सम्म पुग्न स्यामुल्स नामक विदेशी संस्थाले बाटो समेत खनिदिएको छ । सोही बाटो बाट मोटर साईकल मार्फत गाँउ पुग्न सकिन्छ ।
 

Local News

Political News

International News

Sports News