Winamp windows Media Player Real Player QuickTime

रक्तदान जीवनदान

१५ साउन
 पुर्वी चितवनको रत्ननगर ९ माआज भएको रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका छन् । शान्ती कुञ्ज टोल विकास संस्था र शान्ती कुञ्ज सामाजकि उधमी महिला सहकारी संस्था ली को आयोजनामा भएको कार्यक्रममा ३६ महिलासहित १ सय ४ जनाले रक्तदान गरेका थिए । टोल विकास संस्थाका अध्यक्ष रघु भट्टको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष पार्वती न्यौपानेले पुर्वी चितवनमा सक्रिय रहेको आफ्नो संंस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा विभिन्न टोल सुधार र आफ्नै स्ंस्थाबाट ३६ जना महिलाहरुले रक्तदान गरेर महिलाहरुको अत्याधिक सहभागीता जनाएको जानकारी दिनुभयो । यसै बिच पूर्वी चितवनको पर्सामा रहेको एटिट्युड मल्टि लर्निङ एकेडेमीले आफ्नो शाखा विस्तारको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । मकवानपुरको मनहरी–३ मा शाखा विस्तार गरेसँगै आयोजन गरिएको रक्तदान कार्यक्रममा ४ जना महिला सहित ४० जनाले रक्तदान गरेका थिए । एटिट्युड मल्टिलर्निङ एकेडेमीका प्रिन्सिपल दिनेश परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुर पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजालको प्रमुख अतिथि रहनुभएको थियो ।


  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News