Winamp windows Media Player Real Player QuickTime

वाईसिएल चितवन द्धारा अनिश्चितकालिन जिल्ला बन्दको आब्हान

साउन १६
कार्यकर्ता पक्राउको बिरोधमा योङ कम्युनिष्ट लिग ( वाईसिएल ) चितवनले अनिश्चत कालिन जिल्ला बन्दको घोषणा गरेको छ । आज बिहान जिल्ला प्रशाशन कार्यालयमा भएको बार्तामा हिजो सांझ पक्राउ परेका आफ्ना ६ जना कार्यकर्ता रिहा गर्न प्रशाशन सहमत नभएपछि बिहान १० बजे बाट बन्द घोषणा गरीएको वाईसिएलका जिल्ला संयोजक ईश्वर सापकोटा सुमनले जानकारी दिनुभयो । बन्दको घोषणा गरीए संगै वाईसिएलका कार्यकर्ताले भरतपुर , नारायणगढ , रत्ननगर ,पर्सा , रामपुर , चनौली , पार्वतिपुर लगाएतका क्षेत्रमा प्रर्दशन गरी बन्द गराएका छन् ।बिहानै देखि शिक्षण संस्था बन्द गराएको भएपनि दिउसोमा चल्ने बिद्यालयहरु भने सञ्चालमा रहेका छन् ।वाईसिएलले जिल्ला बन्दको घोषणा गरे संगै स्थानिय प्रशाशनले सुरक्षा सर्तकता बढाएको छ ।जिल्लकाा मुख्य स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।चितवनको नारायणगढमा चन्दा आतंक मच्चाईरहेको आरोपमा योङ कम्युनिष्ट लिग ( वाईसिएलका ) उत्तम गुरुङ , भरत मगर , बिशाल मरहठ्ठा ,मधु न्यौपाने , मनोज कुमार शेर्पा र रबि पराजुली लाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन पुगेका वाईसिएलले हिजो सांझ वडा प्रहरी कार्यालय नारायणगढका दुईजना प्रहरी जवानलाई हातपात समेत गरेका थिए ।वाईसिएलको जिल्ला सम्मेलनका लागि भन्दै रकम अशुल्दै गरेको अबस्थामा नारायणगढका बिभिन्न स्थान बाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
 

Local News

Political News

International News

Sports News