Winamp windows Media Player Real Player QuickTime

केन्द्रमै भुराको माग अत्याधिक

साउन १६
धु्रवराज खनाल  
पुर्वी चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको भुराको माग अत्याधिक रहेको छ । चितवनसहित देशका विभिन्न जिल्लामा  माछापालन तर्फ आकर्षण वढ्न थालेपछि केन्द्रमा माछाको भुराको माग अत्याधिक रहेको हो । पुर्वको बारा देखि पश्चिमको वर्दिया सम्म १६,१७ जिल्लाबाट केन्द्रमा भुरा लिन आउने गरेको केन्द्रका प्रमुख एवंम वरिष्ठ मत्स्य विकास अधिकृत शंकरप्रसाद दहालले जानकारी दिनुभयो । माग अत्याधिक भएपछि मत्स्य विज उत्पादन क्षमता समेत वढाउने तयारी गरिएको वरिष्ठ मत्स्य विकास अधिकृत दहालले वताउनु भयो । क्षमता विस्तारका लागी कृषिमन्त्रालयबाट वजेतसहितको कार्यक्रम आउनु पर्ने हुँदा पहल भईरहेको केन्द्रले जनाएको छ । ४२ विगाहा क्षेत्रफलमा फैलिएको सो केन्द्रमा भुरा उत्पादन र खाने माछा उत्पादनका लागी ३३ वटा पोखरी निर्माण गरिएको छ । माछाको भुराको माग अत्याधिक भएपनि केन्द्रले गत आर्थिक वर्षमा एक करोड २८ लाख ५० हजार माछाको भुरा उत्पादन गरी विक्री गरेको छ । मस्त्य विकास केन्द्रमा सिल्भर कार्प,कमन कार्प,रोहु,नैनी लगायतका विभिन्न आधा दर्जन भन्दा वढि माछाको भुरा उत्पादन गरिन्छ । यसैगरी भुरा उत्पादनवाहेक केन्द्रले ६ मेट्रिक टन खाने माछा उत्पादन समेत गरिएको छ । भुरा तथा खाने माछा विक्रीबाट केन्द्रले साँढे १४ लाख राजस्व संकलन गरेको छ । भुरा उत्पादनका लागी सरकारले १४ लाख लगानी गरेको थियो । खेतीपातीमा वढि श्रम लाग्ने र आम्दानी कम हुने तथा माछापालनमा कम श्रम र वढि प्रतिफल पाउने हुँदा कृषकहरुको आर्कषण माछापालनमा वढ्दा माछाको भुराको माग अत्याधिक हुन गएको केन्द्रले जनाएको छ ।
 
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News