Winamp windows Media Player Real Player QuickTime

पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

साउन १८
पुर्वी चितवनको जयमंगलामा पोखरीमा डुवेर आज एक वालकको ज्यान गएको छ ।  जयमंगलामा रहेको जोशी इट्टा उद्योगमा बनाइएको पानीको पोखरीमा डुबेर पृथ्बीनारायण नगरपालिका बडा नः ८ गोर्खाका टेक बहादुर कुबरका १० बर्षिय छोरा कबिराज कुवरको ज्यान गएको हो । कुँवरसंगै अरु दुई वालक पनि पौडी खेल्न पोखरी गएका थिए । पोखरीमा डुवेपछि अरु दुई वालकले कराएपछि नजिकै घाँस काटिरहेका स्थानिय हर्षवहादुर गुरुङ आएर पोखरीबाट निकालेका थिए । अचेत अवस्थामा रहेका ति वालकको उपचारका लागी भरतपुर लैजाने क्रममा वाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । कुवर परिवार १ महिना अघि मात्रै चितवन आएर, जयमगंलामा बस्दै आएका थिए ।  


  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News