Winamp windows Media Player Real Player QuickTime

विद्युतिय सामाग्री अवैध थिएनन–प्रहरी निरीक्षक पन्त

साउन १८ गते
धु्रवराज खनाल
रत्ननगर ७ सिसैमा लुकाई छिपाई राखेको भनिएको लाखौ मुल्य वरावरको विद्युतीय सामाग्री वैध रहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि करिव ७० लाख मुल्य वरावरको विद्युतीय सामाग्री वैैध रहेको पाईएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । ति सामाग्रीहरु अवैध र प्रहरीले वरामद गरेको भनेर केही दिन अघि संचार माध्यममा समाचार प्रसारण र प्रकासित भएको थियो । प्राधिकरणको सातौ आयोजना अन्र्तगत ३३ र ११ केभी प्रसारण लाईनमा प्रयोगमा ल्याईने सो सामाग्री ठेकेदार जसमान लालचनको व्यक्तीगत रहेको अनुसन्धान पछि खुलेको प्रहरी निरीक्षक पन्तले वताउनु भयो । अनुसन्धानका क्रममा ति सामाग्रीका कागजपत्र रहेको र प्राधिकरण वुटवल शाखाका इन्जिनियर आएर सो सामाग्री वैद्य रहेको पुष्टी भएको उहाँले वताउनु भयो । प्राधिकरणले नै ठेकेदार लालचनलाई पटक पटक ठेक्का दिने गरेको पनि पाईएको पन्तले वताउनु भयो । यस अघि भरतपुरमा राखिएको ति सामाग्रीहरु रत्ननगरमा जग्गा खरिद पछि ठेकेदार लालचनले आफ्नो जग्गामा राखेको पन्तको भनाई छ । देशका प्रमुख प्रसारण लाईनमा ति सामाग्रीहरु प्रयोगमा आउँछन् । प्रहरी निरीक्षक पन्तले अनुसन्धानमा रहने त्यस्ता विषयवस्तुलाई पुष्टी पछि मात्र सत्य तथ्य प्रकासन र प्रसारण गर्न आग्रह गर्नु भएको छ ।


  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News