Winamp windows Media Player Real Player QuickTime

स्वागतको वार्षिक उत्सवमा सहयोग

२० साउन
रत्ननगर १३ जयमंगलामा रहेको स्वागत वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ वार्षिक उत्सव मनाएको छ । वार्षिकउत्सवको अवसरमा संस्थाले आज(आईतवार) विभिन्न संघ संस्था तथा व्यक्तीलाई करिव ४० हजार वरावरको सहयोग गरेको छ । संस्थाले रत्ननगर १३ मा रहेको बाघदेवी निम्न माध्यमिक विद्यालयलाई पंखा तथा रत्ननगर ९ का क्यान्सर पिडित वालक चुडावहादुर खड्कालाई ५ हजार सहयोग गरेको छ ।संस्थामा आयोजित समारोहकाबीच अध्यक्ष अर्जुन पौडेलले विद्यालयका प्रधानाध्यापक अर्जुन देवकोटा र सहयोग रकम वालककी आमा प्रेमकुमारी खड्कालाई हस्तान्तरण गर्नु भएको थियो । साथै संस्थाले गामवेशी चेपाङ संरक्षणमा केन्द्रमा आश्रित वालवालिकाको लागी खाद्यान्न र स्टेशनरी केही दिनभित्रै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । वार्षिकउत्सव समारोहमा बाघदेवी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन देवकोटा,संस्थाका सल्लाहाकार रामलाल श्रेष्ठ,लेखा समिति सदस्य रामकृष्ण दवाडी,गोकुल प्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अर्जुन पौडेललको अध्यक्षतामा भएको थियो ।


  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News