Winamp windows Media Player Real Player QuickTime

वनका पदाधिकारीद्धारा सपथ ग्रहण

साउन २०
पर्यटकिय सम्भावना वोकेको पुर्वी चितवनको चैनपुरमा रहेको कंकाली सामुदायिक वनका पदाधिकारीले आज सपथ ग्रहण गरेका छन् । निर्वाचन मण्डलका संयोजक चन्द्रकान्त न्यौपानेले पदाधिकारीलाई सपथ खुवाउनु भएको हो । सपथ ग्रहण गर्दै वनका अध्यक्ष राममणी न्यौपानेले सामुदायिक वनमा नयाँ संरचनाको निर्माण गर्ने र पर्यापर्यटनको विकास गरी पर्यटक वृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । सामुदायिक वनको नयाँ नेतृत्वको लागी २१ दिन अघि भएको निर्वाचनमा पुन राममणी न्यौपाने निर्वाचित हुनुभएको थियो । वनको बरिष्ठमा उपाध्यक्षमा लोक बहादुर आले मगर , उपाध्यक्षमा रामहरी अर्याल, सचिवमा पुण्यप्रभा अधिकारी, कोषाध्यक्षमा डिल्लिराम सापकोटा , सहसचिवमा छविध्वज बुढाथोकी चयन भएका थिए । त्यस्तै प्रेमनाथ भुत्रतेलमा ३ सदस्यिय लेखा समिती चयन भएको छ ।  


  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News