Winamp windows Media Player Real Player QuickTime

पुर्वी चितवनमा डिएसपि पोखरेलको नेतृत्व,,आवश्यक परे पत्रकारसंगै प्रहरी हिड्ने

साउन २१ गते
धु्रवराज खनाल
इलाका प्रहरी कार्यालय रत्ननगरमा प्रहरी नायव उपरिक्षक (डिएसपी)को दरवन्दी थपिएसंगै प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले कार्यभार सम्हाल्नु भएको छ । यस अघि सो कार्यालयमा प्रहरी निरीक्षकको दरवन्दी थियो । सरकारको निर्णय अनुसार थप गरिएको सो पदमा प्रहरी नायव उपरिक्षक पोखरेलले कार्यभार सम्हाल्नु भएको हो । ६ महिना अघि डिएसपि हुनु भएका पोखरेल यस अघि जनकपुरमा कार्यरत हुनुहुन्थ्यो । रत्ननगरमा डिएसपीको दरवन्दी आएसंगै पुर्वी चितवनको प्रहरी प्रसासनको नेतृत्व पोखरेलले सम्हाल्नु हुनेछ । इलाका प्रहरी कार्यालय खैरहनी,इलाका प्रहरी कार्यालय भण्डारा अव डिएसपिको मातहतमा रहनेछन् । प्रहरी नायव उपरिक्षकको दरवन्दी इलाका प्रहरी कार्यालयमा आएसंगै अव २ जना प्रहरी निरीक्षक,६ जना प्रहरी नायव निरीक्षक,१० जना प्रहरी सहायक निरीक्षक,१८ जना हवल्दार र वाँकी प्रहरी जवान गरी कुल ७५ जनाको दरवन्दी रहनेछ । ७५ जनाको दरवन्दी भएपनि हाल सम्म ३६ जना कार्यरत रहेको र वाँकी पदपुर्ती हुने क्रम जारी रहेको छ । यस अघि प्रहरी निरीक्षकसहित २६ जनाको दरवन्दी थियो । जनसंख्या वृद्धि,शहरीकरण वढ्दै जाँदा सरकारीले पुर्वी चितवनको शान्ती सुव्यवस्थाका लागी डिएसपिको दरवन्दी थप गरेको पोखरेलले जानकारी दिनुभयो । गत साउन १९ गते कार्यभार सम्हाल्नु भएका प्रहरी नायव उपरिक्षक पोखरेलले पुर्वी चितवनको शान्ती सुव्यवस्था मजवुद पार्ने प्रतिवद्धता जनाउनु भएको छ । इलाका प्रहरी कार्यालयमा आज पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक पोखरेलले पुर्वी चितवनमा व्याप्त रहेको लागु औषध,जुवातास र वेश्यावृत्ति नियन्त्रणलाई पहिलो प्राथमिकता दिने वताउनु भयो । डिएसपि पोखरेलले समाजमा रहेका यस्ता विकृती,विसंगतिलाई नियन्त्रण गर्न प्रहरी प्रसासन एक्लैले नसक्ने हुँदा पत्रकारको पनि साथ चाहिने वताउनु भयो । त्यस्तै डिएसपि पोखरेलले पुर्वी चितवनमा गुण्डागर्दी नियन्त्रण गर्न कसैसंग सम्झौता नगर्ने वताउनु भएको छ । नातावाद र क्रिपावादको पछि नलाग्ने भन्दै उहाँले राजनितिक दलहरुको दवावमा पनि नपर्ने प्रतिवद्धता जनाउनु भयो । सके सम्म आफ्नो वलवुद्धिले काम गर्ने वताउनु भएका पोखरेलले सहयोग भने सवैको मिल्नु पर्ने वताउनु भयो । डिएसपी पोखरेलले प्रहरी कर्मचारीहरु आर्थिक लेनदेनमा लाग्न नहुने वताउँदै त्यस्ता क्रियाकलापमा लागेको जानकारी आए उनीहरुलाई समेत कारवाही गर्ने वताउनु भयो । यदि आफुपनि त्यस्ता क्रियाकलापमा सलग्न भएको जानकारी पाए र सत्यलाई लुकाउने प्रयास गरे आफुलाई नालायक भन्न उहाँले पत्रकारहरुलाई भन्नुभयो ।  यसैगरी पत्रकारको सुरक्षाका लागी प्रहरी प्रसासन कटिवद्ध रहने पनि पोखरेलले प्रद्धिवता जनाउनु भयो । आपराधिक समुहको सत्य समाचार संकलन गर्न जाँदा असुरक्षित महसुस गरे त्यहाँ प्रहरी खटाएर सुरक्षा दिने उहाँले वताउनु भये । पत्रकार भेटघाटमा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवंम प्रवक्ता केदार पन्तले पुर्वी चितवनमा अहिले ठुला आपराधिक क्रियाकलाप नभएपनि ससाना चोरी घटनाहरु भईरहेको र त्यसमा सलग्नहरु पनि पक्राउ पर्दै गएको वताउनु भयो । प्रहरी निरीक्षक पन्तले त्यस्ता चोरीका घटनामा ८ देखि १५ वर्ष सम्मका वालकहरु सलग्न रहेको जानकारी दिनुभयो । ति वालकहरुले चोरेका सामाग्रीहरु पनि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले साईकल,कुखुरा,किराना पसलका सामान लगायतका सामान चोरी गरेको पन्तले वताउनु भयो । ती पाँच जना वालक अहिले इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् ।
    


  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News