Winamp windows Media Player Real Player QuickTime

काग्रेशद्धारा चितवन वन्द,,जनजीवन प्रभावित

साउन २५
धु्रवराज खनाल
तरुण दलका कार्यकर्ता रिहाई गर्नु पर्ने माग गर्दै नेपाली काग्रेश चितवनले आज जिल्ला वन्द आह्वान गरेको छ । विहीवार वेलुका सम्म पक्राउ परेका कार्यकर्ता रिहाई गर्न अल्टिमेटम दिएकोमा प्रहरीले कार्यकर्ता नछाडेको भन्दै आज एक दिनको लागी जिल्ला वन्द गराएको काग्रेश चितवनका सचिव जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । काग्रेशको वन्दका कारण चितवन भएर चल्ने सवारी साधन चल्न सकेका छैनन भने शिक्षण संस्था ठप्प रहेका छन् । नारायणगढमा वजार वन्द भएपनि पुर्वी चितवनमा भने पसलहरु आंशिक मात्र वन्द छन् । यस अघि हिजो तरुण दल र नेविसंघले जिल्ला वन्द गराएका थिए । वन्दका क्रममा तरुण दल,नेविसंघ र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौ घाईते भएका छन् । भने केही वन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय गाडीका नेपाली चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेका तरुण दलका भरतपुर उपाध्यक्ष प्रमिश राई र नेविसंघका सदस्य कान्छी भनिने यमवहादुर कार्कीको रिहाईको माग गर्दै जिल्ला वन्द गराएको हो ।


  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News