Winamp windows Media Player Real Player QuickTime

पेट्रोलियम पदार्थको मुल्य वढ्यो ,विरोध सुरु

साउन २७
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि नेपाल विद्यार्थी संघ चितवनले विरोध जनाएको छ । सर्वसाधरणको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि जनताको हक हितमा नरहेको ठहर गर्दै नेविसंघ चितवनले मुल्य वृद्धि फिर्ता लिन आग्रह गरेको छ ।  जनताको जनजीवनलाई असर पर्ने गरि मूल्यबृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको नेविसंघका जिल्ला अध्यक्ष अरुणेश्वर खनालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मुल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलनमा उत्रने नेविसंघले चेतावनी दिएको छ । नेपाल आयल निगमले हिजो पेट्रोलको मूल्यमा  २ रुपैया ,डिजल र मट्टितेलमा  एक÷एक रुपैया वृद्धि गर्ने निर्णय गरेको थियो । त्यसैगरी आन्तरिक उडानका निम्ति खपत हुने इन्धनमा प्रतिलिटर  १० र अन्तराष्ट्रीय उडान प्रयोग हुने इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर कायम गरीएको छ । मूल्यवृद्धिले आयल निगमलाई मासिक घाटा  एक अर्बमा झार्न मद्यत पुग्ने निगमले जनाएको छ ।


  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News