Winamp windows Media Player Real Player QuickTime

वार्ता नौटंकी मात्र – देव गुरुङ

साउन २७
नेकपा माओवादीका सचिव देव गुरुङले प्रमुख चारदलले आफुहरुसंग वार्ताको नौटंकी मात्र देखाएको आरोप लगाउनु भएको छ । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाले भित्र भित्र निर्वाचनको तयारी गरेर वार्ताको नाटक गरेको वताउनु भयो । सचिब गुरुङले राजनितिक दल र सरकारले आफूहरुसंग सहमती नगरि यथास्थितिमा निर्वाचन गरेर देखाउन चुनौती समेत दिनुभयो । सहमती पनि नगर्ने, निर्वाचनको तयारी पनि गर्ने, अनि फेरी किन वार्तामा बोलाएको–उहाँले भन्नुभयो । यथास्थितिमा निर्वाचन गराउन खोजे आफूहरुसंगको वार्ताको कुनै औचित्य नहुने समेत वताउनु भयो । उहाँले यथास्थितिमा निर्वाचन गर्नु द्धन्द्ध मात्र निम्त्याउनु रहेको बताउनुभयो । नेता गुरुङले वार्तामा बोलाएर आफूहरुको समस्या समाधान गर्ने कोशिस गरे आफूहरुले पनि केही लचकता अपनाउन सक्ने स्पष्ट पार्नुभयो ।


  • Program on air
  • Program Name: अर्पणमा व्यवसायी
  • Program Host:
  • Time duration: 5:30 PM-06:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM

Local News

Political News

International News

Sports News