Winamp windows Media Player Real Player QuickTime

जिविस तथा गाविसहरु अनुदान कटौतिहुने अवस्थावाट मुक्त हुनुपर्ने

साउन २७
जिल्ला विकास समिति चितवनले मातहतका कर्मचारीलाई कार्यसम्पादनमा दक्षता र सक्षमता हासिल गर्न जिम्मेवार वन्न जोड दिएको छ ।स्रोत परिचालन तथा व्यवस्थापन एंव न्यूनतम शर्त तथा कार्यसम्पादन मापन सम्वन्धि अभिमुखिकरण कार्यक्रममा सहभागि कर्मचारी तथा गाविस सचिवहरुलाई चालु आर्थिक वर्षमा न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा उत्तिर्ण भएर थप अनुदान प्राप्त गर्ने वाटो नविर्सन सचेत पारिएको छ ।चितवन जिल्लामा थप अनुदान आउने अवस्था सृजना गरी विकास निर्माणका कार्यमा अवरोध सृजना हुन नदिन कर्मचारीले आफ्नो कार्यसम्पादनमा दक्षता ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।कार्यक्रममा सहजिकरण गर्नुभएका स्थानियनिकाय वित्तिय आयोगका उपसचिव रघुराम विष्टले जिविस,गाविसले सम्पादन गर्नुपर्ने कार्यको परिमाण,कार्यपद्धति, गुणस्तर, आदि मापन गर्ने पद्धतिले प्रभावकारी ढङ्गले सञ्चालित स्थानिय निकायलाई प्रोत्साहन स्वरुप अनुदान दिदै आएको वताउनुभयो ।उहाँले शर्त तथा कार्यसम्पादन मापन सुचकका कानुनि नितिगत आधार,मापन तालिका,मापन विधि वारे स्पष्ट नभएकै कारण अधिकांस गाविस अनुर्तिण वनेको जानकारी दिनुभयो ।न्यूनतम शर्त पुरा नगर्ने जिविस तथा गाविसले न्यूनतम पुजिगत अनुदान बाहेक थप अनुदान प्राप्त गर्न सक्दैनन् । सवैभन्दा वढि अंक ल्याएर उत्तिर्ण हुने माथिल्लो श्रेणिमा पर्ने जिविस तथा गाविसले १छ प्रतिशत थप अनुदान पाउने व्यवस्था छ । स्थानिय विकास अधिकारी तिलक पौडेलले अनुदान कटौति हुने अवस्थावाट मुक्तहुनु आजको आवश्यकता रहेको वातउनुभयो ।


  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News