Winamp windows Media Player Real Player QuickTime

विपद्को सहारा गोजिपात्रो

२८ साउन
जिल्ला विपद् व्यवस्थापन समितिले भदौ महिनाभित्र सुचना सप्रेषण प्रणाली सम्बन्धि गोजी पात्रो प्रकाशन गर्ने भएको छ । आज सम्पन्न बैठकमा सुचना सम्प्रेषण प्रणालीलाई चुस्त–दुरुस्त बनाउन गोजिपात्रो प्रभावकारी हुने विश्वास लिइएको हो । आगलागि,हावाहुरी, चटयाङ अन्य विपद्ले जिल्लालाई हरेक वर्ष सताइरहने गर्दछ । सुचना प्रणालीलाई भरपर्दो बनाउनका लागि सम्बन्धीत सरोकारवालाहरुको टेलिफोनसहितको गोजपात्रो प्रकाशन गरिने जिल्ला विपद् व्यवस्थापन समितिका फोकलपर्सन बलराम लुईटेलले बताउनुभयो । पुर्वसुचना तथा समन्वय,खोज उद्धार तथा राहत, खाद्य सामाग्रि व्यवस्थापन,आपतकालीन आवास व्यवस्थापन, खानेपानी तथा सरसफाई, प्राथमिक उपचार,आपत्कालिन शिक्षालाई उचित किसिमले व्यवस्थापन गर्न अपनाउने योजनाको पुर्वतयारी सुरु गरीएको छ ।प्रकोप जोखिम न्यूनिकरण तथा पूर्व तयारीमा सम्वन्धित निकायहरु विचमा समन्वय,धनजनको क्षति कम गर्न,सम्भावित प्रकोप तथा संकटासन्न क्षेत्र समुदायको अद्यावधिक गर्न जिल्ला विपद् समितिलाई सक्रिय वनाइने भएको छ ।आगामि वर्ष जिल्लामा हुने विपद्मा सम्वन्धित सरोकारवालालाई पुर्ण तयारी अवस्थामा रहन समेत विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।वैठकले विपद् व्यवस्थापनका सामग्रीको व्यवस्थापन तथा अन्य स्रोत व्यवस्थापन, बर्डफ्लु लगायतका पशुस्वास्थ्य सम्बन्धी बिषयलाई विपद् व्यवस्थापन कार्ययोजनामा समावेश गरीने निर्णय गरेको छ । स्थानीय विकास अधिकारी तिलकप्रसाद पौडेलले विपद् व्यवस्थापनका गतिविधीहरुलाई संवेदनशील रुपमा लिई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।


Local News

Political News

International News

Sports News