Winamp windows Media Player Real Player QuickTime

गोलाघाट पुल वनाउन ज्ञापनपत्र

२८ साउन
गोलाघाट नारायणि नदिमा पुल निर्माण कार्य यथाशिघ्र सञ्चालन गर्नुपर्ने माग राख्दै मेघौली संघर्र्ष समिति चितवनले आज जिल्ला प्रशासन कार्यलय चितवन मार्फत सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ ।सरकारले हुलाकी राजमार्ग तथा मेघौली गोलाघाट पुल निर्माणकालागि प्रक्रिया थालेको भएपनि वातावरणीय सन्तुलन परिक्षण नगरेको भन्दै निकुञ्जले कार्य संचालनमा रोक लगाएपछि पुल निर्माण कार्य अन्योलमा परेको छ । संघर्ष समितीका संयोजक मायाराम चौधरीले चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल मार्पmत मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी समक्ष ज्ञापनपत्र बुझाउनुभएको छ । गोलाघाटमा निर्माण आरम्भ गरिएको पुल नबन्ने भए पछि स्थानीयहरु आन्दोलित वन्दै आएका छन् । नेपाल सरकारले हुलाकी राजमार्ग अन्र्तगत माडीदेखि जगतपुर र मेघौली हुदैं त्रिवेणीसम्मको ट्रयाक संचालन गर्ने योजना अनुसार गोलाघाटमा पुल निर्माण गर्नु पर्ने स्थानियको भनाई छ । करिब ३१ करोडको लागतमा निर्माण थालिएको ७ सय ३१ मिटर लामो पुल गोलाघाटमा नै निर्माण गरिनुपर्ने स्थानीयको माग रहेको छ ।संघर्ष समितीका सदस्य कृष्ण प्रसाद भुर्तेलले नदि तटिय जनताले पाउने यातायात सुविधालाई वेवास्ता गर्दै पुल निर्माणमा अवरोध हुनु दुखद भएको वताउनुभयो । चितवन प्रशासनमाफर्त सरकार र सम्वन्धीत निकायलाई करिव ५ हजार हस्ताक्षर समेत बुझाएको संघर्र्ष समितिकी सदस्य मिना न्यौपानेले जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News