Winamp windows Media Player Real Player QuickTime

लागुपदार्थबाट टाढा राख्न अभिभावक सचेत हुनेपर्ने

२८ साउन
धुर्वराज खनाल
लागु पदार्थ दुव्र्यसनी र कुलतबाट युवाहरुलाई टाढा राख्न अभिभावकनै जिम्मेवार वन्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा लियो क्लव अफ रत्ननगरले आज आयोजना गरेको युवा कुलत र समाधान विषयक अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो  वताएका हुन् । पछिल्लो समय धेरै युवाहरु लागु पदार्थ र कुलतमा फसेको भन्दै उनीहरुले आफ्नो छोरा छोरीको गतिविधीमा निगरानी गर्नु पर्ने वताएका थिए । कार्यक्रममा वोल्दै अभिभावक संघ चितवनका अध्यक्ष राजेन्द्र न्यौपानेले युवामा वढ्दो दुव्र्यसनी न्युनिकरण गर्न नसके यसले ठुलो रुप दिन सक्ने वताउनु भयो । उहाँले आफ्ना छोराछोरीको दैनिक क्रियाकलापमा अभिभावकले निगरानी राख्नु पर्नेमा जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले विद्यालयको पाठ्यक्रममै लागु पदार्थ दुव्र्यसनी तथा कुलतबाट हुने असरका बारेमा विषयवस्तु समावेश गर्नु पर्ने वताउनु भयो । लागु पदार्थ दुव्र्यसनी र कुलत समाजको ठुलो समस्या रहेको उल्लेख गर्दै कार्यकारी अधिकृत सापकोटाले आफ्ना छोरा छोरीमाथी निरन्तर निगरानी राख्नु पर्ने औल्याउनु भयो ।  त्यस्तै संस्थापक नगर प्रमुख नारायण वनले दुव्र्यसनी न्युनिकरण गर्न सवै एक जुट हुनु पर्ने भन्दै सचेतनाका कार्यक्रमलाई व्यापकता दिनुपर्ने वताउनु भयो । रत्ननगर लागु औषध कारोवारको ट्रान्जिट पोईन्ट वन्दै गएको तर्फ प्रहरीलाई सक्रिएता वढाउन आग्रह गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले कुलतमा लागेका युवाहरु आपराधिक क्रियाकलापमा लाग्ने गरेका कारण अभिभावक चनाखो वन्नु पर्ने वताउनु भयो । यस क्षेत्रमा लागेका युवाहरुले अनेक वहानामा पैसा माग्ने र घरपरिवारबाट पैसा नपाए आपराधिक क्रियाकलापमा लाग्ने गरेको उहाँको भनाई थियो । प्रहरी नायव उपरिक्षक पोखरेलले १४ वर्षदेखि २१ वर्ष उमेर समुहका युवाहरु दुव्र्यसनीमा फस्ने गरेको जानकारी दिनुभयो । कार्यक्रममा पञ्चकन्या उच्च माविका प्राचार्य मेघनाथ दुवाडी,न्यु सेन्चुरी युवा क्लवका अध्यक्ष सुर्यमान तामाङ,जर्नी अफ रिकभरीका देवराज तिमल्सीना,सुवास थापा,सुजन अधिकारी,लक्ष्मी पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम लियो क्लव अफ रत्ननगरकी अध्यक्ष लुसी जोशीको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News