Winamp windows Media Player Real Player QuickTime

शुल्क बृद्धिको बिरोधमा क्याम्पसको लेखाशाखामा तालाबन्दि

भदौ २
पव्लिक क्याम्पस संघ चितवनले विद्यार्थिहरुको माशिक र भर्ना शुल्कमा गरेको ३० प्रतिसत वृद्धिको विषयलाई लिएर अनेरास्ववियू सप्तगण्डकी वहुमुखि क्याम्पस कमिटिले विभिन्न ६ वुद्धे मागहरु राख्दै क्याम्पसको लेखा शाखामा ताला वन्दि गरेको छ । क्याम्पसले पव्लिक संघको नाममा गरेको ३० प्रतिसत शुल्क वृद्धि खारेज गरीनु पर्ने, छात्रवृत्तिको नतिजा प्रकाशन गरी नया सदस्यता को फर्म वितरण गरीनु पर्ने, चालु शैक्षिक सत्रको वजेट सार्वजनिक गरीनु पर्ने लगाएतका मागहरु राख्दै अनेरास्ववियू क्याम्पस कमिटिले आज देखि अनिश्चित कालिन लेखाशाखा मा तालावन्दि गरेको हो । यस्तै अनेरास्ववियू (क्रन्तिकारी ) सप्तगण्डकि वहुमुखि क्याम्पस मुल ईकाई समितिले विभिन्न तिन शुत्रिय मागहरु राख्दै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र पेस गरेको छ । समितिले छात्रावृत्तिको सम्वन्धमा , व्यावस्थापन सम्वन्धमा र पुस्तकालय सम्वन्धमा गरी छुटा छुट्टै मागहरु राखि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्र वुझाउदै ईकाई अध्यक्ष उत्तम मरहठ्ठाले आफुहरुको माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रने चेतावनि दिनु भयो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News