Winamp windows Media Player Real Player QuickTime

प्राङ्गारिक खेती सम्बन्धि कृषक गोष्ठी

भदौ २
पूर्वी चितवनको कठारमा प्राङ्गरिक खेती सम्बन्धी कृषक गोष्ठी सम्पन्न भएको छ । प्राङ्गरिक मल उत्पादन गर्दै आएको शिबशक्ति बायोप्लान्टीक प्रालिले आयोजना गरेको कार्यक्रममा कठार–६ बडगाउ“का करिब ५० कृषकको सहभागिता रहेको थियो । स्थानिय कृषक हिरामणी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिबशक्ति बायोप्लान्टीक प्रालिका सहायक सेवा प्रबन्धक कमलकान्त सिंहले रसायनिक मल र विषाधीको नकारात्मक असरबारे जानकारी गराउनु भएको थियो । सो अवसरमा उहा“ले कम्पनीले उत्पादन गरेका खनिजा बिलियन ७७, धनराज, बिन्ग्रो एल लगायतका प्राङ्गारिक उत्पादनका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कम्पनीका बरिष्ठ कृषि अधिकृत जितेन्द्र गौतम, बरिष्ठ शाखा प्रबन्धक रमाकान्त भारती, शाखा प्रबन्धक संजितकुमार राय, कृषक एवं प्राध्यापक जोखाप्रसाद चौधरी, पूर्व वन अधिकृत रामेश्वर चौधरी, महेश चौधरी, रामजित चौधरीलगायतले बोल्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News