Winamp windows Media Player Real Player QuickTime

इलाका प्रहरी कार्यालय खैरहनीमा मुद्या दर्ता उच्च

भदौ ४
धुर्वराज खनाल
इलाका प्रहरी कार्यालय खैरहनीमा गत आर्थिक वर्ष २०६९÷७० मा १ सय १२ वटा मुद्या दर्ता भएका छन् । यो आर्थिक वर्ष २०६८÷६९ को ५ महिनाको तुलनामा दोव्वर भन्दा वढि हो । आर्थिक वर्ष २०६८÷६९ मा २३ वटा मात्र मुद्या दर्ता भएका थिए । इलाका प्रहरी कार्यालयमा २०६८ सालको  फागुनदेखिनै मुद्या दर्ता कार्य सुरु भएको थियो । आर्थिक वर्ष २०६९÷७० मा दर्ता भएका मुद्या मध्ये ७० वटा फछौट भएको छ भने ४२ वटा मुद्या वाँकी रहेको इलाका प्रहरी कार्यालय खैरहनीमा मुद्या फाँट हेर्दैै आएका सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यले जानकारी दिनुभयो । एक सय १२ वटा मुद्यामा १ सय ७८ जना अभियुक्त रहेका छन् । जस मध्ये १ सय ३९ जनालाई पक्राउ गरिएको र ३९ जना फरार रहेको आचार्यले वताउनु भयो । दर्ता भएका मुद्या मध्ये सवैभन्दा वढि सार्वजनिक अपराधका छन् । गत आर्थिक वर्षमा सार्वजनिक अपराधमा दर्ता भएका ३३ वटा मुद्या मध्ये ३२ वटा फर्छौट भएको छ भने एक वटा वाँकी रहेको सहायक प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । ३३ वटा मुद्यामा ९३ जना अभियुक्त ठहरिएका मध्ये ६४ जना पक्राउ परेका र २९ जना अझै फरार रहेका छन् । त्यसैगरी झुण्डिएर आत्महत्या सम्वन्धी १६,चोरीका ११,भवितव्य ज्यान र फुटकर ज्यान सम्वन्धी ७÷७ वटा मुद्या दर्ता भएका थिए । त्यस्तै जवरजस्ती करणी उद्योगमा ३ र  जवरजस्ती करणमा २ वटा मुद्या दर्ता भएकोमा ति सवै फर्छौट भएके र  घटनाका अभियुक्त ६ जनालाई पक्राउ गरिएको आचार्यको भनाई छ । लागु औषध र मानव वेचविखन सम्वन्धी भने मुद्या कम परेका छन् । लागु औषधमा २ तथा मानव वेचविखनमा १ वटा मात्रै मुद्या दर्ता भएका हुन् । मानव वेचविखनका अभियुक्त एक जना पक्राउ छन् भने लागु औषधमा सलग्न ११ अभियुक्त मध्ये २ जना मात्र पक्राउ गरिएको र ९ जना फरार रहेको आचार्यले वताउनु भयो । सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा अहिले सम्म ९ वटा दर्ता भईसकेको र ७ वटा दर्ता प्रक्रियमा छन् । पुर्वी चितवनमा इलाका प्रहरी कार्यालय खैरहनीमा मात्रै मुद्या दर्ता हुदै आएका छन् ।


  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News