Winamp windows Media Player Real Player QuickTime

आज रक्षा बन्धन

भदौ ५
आज श्रावण शुक्ल पूर्णिमा अथवा ऋषितर्पणी (जनै) पूर्णिमा मुलुकभरका हिन्दु धर्मावलम्वीहरु रक्षा बन्धन गरी मनाउदैछन् । जनै लगाउनेले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा माटो गोवर कुश खरानी र अपमार्गले स्नान गरी विशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्छन् ।  रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मानिन्छ। जनै लगाउनेहरुले ऋषिहरुको सम्झना गर्दै नजिकको खोला, धारामा पुगेर माटो, गोबर, कुश, खरानी र अपमार्गले स्नान गरी नयाँ जनै (यज्ञोपवित) धारण गर्ने गर्छन्। जनै लगाउने हरुको आज विहानै देखी चितवन सहित देशैभरका शिब मन्दीरहरुमा ठुलो भिड लागेको छ । जनैपूर्णिमा पर्वमा कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र सप्तऋषीलाई तर्पणसमेत दिइने गरिन्छ। जनै फरिने हुनाले जनै पूर्णिमा र ऋषिलाई तर्पण दिइने भएकाले यस दिनलाई ऋषिपूर्णिमा भनिएको हो । पौराणिक मान्यताअनुसार, रक्षाबन्धनको सम्बन्ध दानवी शक्तीबाट लखेटिएका देवताहरुलाई इन्द्रका गुरु बृहस्पतीद्धारा रक्षाबन्धन तयार गरी जोगाइएको र वामन अवतार विष्णुद्धारा दैत्यराज बलीलाई बचनवद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जोडिएको छ। जनै पूर्णिमा  बाँधिएको डोरो गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ। विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरुलाई जानकारी दिने भ्यागुताले गठेमङगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन भगवान् गौतमबुद्धले आफ्नो कामशक्तीमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । यसैगरी तराईमा आ–आफ्ना दाजुभाईलाई दिदीबहिनीहरुले आजै राखी बाँध्ने चलन रहेको छ । जनै र रक्षासुत्र धारण गरिसकेपछी ९ जातका अङकुरीत गेडागुडी मिसाएर पकाएको पोषणुक्त क्वाँटी खाने चलन पनि रहेको छ ।क्वाटी खानाले शरीरमा भएको वायुको रोगसमेत निको हुने जनविश्वास रहेको छ ।
 


  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News