Winamp windows Media Player Real Player QuickTime

रेशमखेती गर्ने १५ वर्षमा एक चौथाई घटे

७ भदौ
धु्रवराज खनाल
चितवनमा रेशमखेती गर्ने कृषकको संख्या १५ वर्ष अघिको तुलनामा एक चौथाई घटेको छ । वि.सं. २०५२÷५३ सालमा रेशमखेती गर्ने करिव तीन सय कृषक रहेकोमा अहिले ७० जना मात्र रहेको किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराको तथ्यांकमा उल्लेख छ । रेशमखेतीको अन्तिम समयमा रेशम किरा मर्नु ,गैरसरकारी संघ संस्थाको सहयोग नहुनु,व्यवसाय परिवर्तन गर्नु,शहर केन्द्रित रोजगारी ,वैदेशीक रोजगारी लगायतका कारणले यो अवधिमा कृषकको संख्या घटेको किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराका प्रमुख एवंम वरिष्ठ रेशमखेती विकास अधिकृत मेघनाथ तिमल्सिनाले वताउनु भयो । १५ वर्षको अवधिमा एक चौथाई घटेपनि पछिल्ला दुई तीन वर्षमा केही वढेको तिमल्सिनाको भनाई छ । सरकारले यस खेतीको अनुसन्धान गर्ने र उपयुक्त प्रविधिको विकास गरे कृषकहरु यस तर्फ आकर्षित हुने उहाँको विश्वास छ । किम्वु नर्सरी व्यवस्थापन केन्द्र भण्डाराले चितवन र मकवानपुर जिल्लामा सेवा दिदै आएको छ ।  चितवनको माडी,कोराक लगायतका गाविसमा रेशमखेती गरिएको छ भने मकवानपुरको कोगटे,सरिखेत,पलाँसे लगायतका दुर्गम भेगमा ५० जना किसानहरु यस खेतीमा आवद्ध छन् । केन्द्रको सेवा क्षेत्र चितवन र मकवानपुर भएपनि काभ्रे,धादिङ,अर्घाखाँची,भक्तपुर  लगायतका जिल्लाबाट रेशम किरा लिन कृषकहरु आउने गरेका छन् । रेशमखेती ३२ दिनको अवधिमा उत्पादन गर्न सकिने वरिष्ठ रेशमखेती विकास अधिकृत तिमल्सिनाले जानकारी दिनुभयो । वर्षमा तीन चार पटक सम्म उत्पादन गर्न सकिने यसखेतीबाट प्रतिकिलो ३ सय ५० सम्ममा विक्री हुने गर्दछ । सुरुका १२  दिन सम्म सरकारले निशुल्क गरिदिने यो खेतीका लागी पछिल्ला १८ दिन भने आफैले लगानी र मेहनत गर्नु पर्ने तिमल्सिनाले वताउनु भयो । यस पेशमा लागेर कतिपय कृषकको जीवनमा समेत परिवर्तन आएको उहाँको भनाई छ । यस खेती तर्फ पछिल्ला दुई तीन वर्षमा केही किसान वढेका छन वरिष्ट रेशमखेती विकास अधिकृत तिमल्सिनाले भन्नुभयो– गतवर्ष सिद्धी,जगतपुर लगायतका क्षेत्रमा किम्वुको विरुवा रोपिएको छ ।धेरै श्रम नपर्ने भएकाले उपयुक्त तापक्रममा वाँझो जग्गाको सदुपयोग गर्न सकिने र यसबाट राम्रो आम्दानी गर्न सकिने उहाँले वताउनु भयो । खाद्यान्न वालीबाट सन्तुष्ट नभएका कृषकहरुले व्यवसायिक रुपमा यो खेती गर्न तिमल्सिनाको सुझाव छ । देशभर ९ वटा किम्वु नर्सरीको केन्द्र रहेको छ ।


  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News