Winamp windows Media Player Real Player QuickTime

दारेचोकमा भएको दुर्घटनामा २ को मृत्यु,,८ घाईते

८ भदौ
धुर्वराज खनाल
चितवनको दारेचोक ४ फिस्लिङमा आज विहान भएको मिनी ट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । चण्डीभङज्यांङको तामिनबाट मुग्लिन तर्फ जाँदै गरेको ना ३ ख ३००४ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा दारेचोक ४ की ४८ वर्षिया डम्वर कुमारी राना र जगतपुर ७ का ४५ वर्षिय हरी सुवेदीको मृत्यु भएको हो । तामिनबाट तरकारी लिएर मुग्लिन जाने क्रममा फिस्लिङमा गाडी अनियन्त्रीत भई करिव एक मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकको शव क्षतविच्छेद अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनका हवल्दार चिरन  घले जानकारी दिनुभयो । घटनामा घाईते भएका मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको र उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।


  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News