Winamp windows Media Player Real Player QuickTime

असन्तुष्ठ मुलधारमा आउनुको विकल्प छैन–महामन्त्री सिंह

भदौ ९ गते
धुर्वराज खनाल
नेपाली काग्रेशका महामन्त्री प्रकासमान सिंहले मंसिर ४ गतेको चुनावको विकल्प नभएको वताउनु भएको छ । पुर्वी चितवनको रत्ननगरमा आज विहान भएको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री सिंहले जनताको भाग्य र भविष्य चुनावले गर्ने भएकाले मंसिर चारमै निर्वाचन हुनु पर्ने वताउनु भयो । कुनै पनि पार्टीलाई चुनावबाट भाग्न नहुने भन्दै उहाँले असन्तुष्ठ दलहरु पनि मुलधारमा आउनु पर्नेमा जोड दिनु भयो । चुनावको मिति परिवर्तन र वर्तमान सरकार विगठन वाहेक अन्य सवै मुद्यामा प्रंमुख दलहरु लचिलो हुने सिंहको भनाई थियो । कार्यक्रममा नेता सिंहले चुनावसंग काग्रेशको इतिहास जोडिएको भन्दै दोश्रो संविधान सभाको चुनावमा काग्रेशलाई वहुमत ल्याउने वातावरण वनाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । काग्रेंशले वहुमत ल्याए मात्र जनताले चाहेको संविधान वन्ने उहाँको दावी थियो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News