Winamp windows Media Player Real Player QuickTime

रेडियो अर्पणका समाचार प्रमुख पुर्वी चितवन पत्रकार मंचको सचिवमा निर्वाचित

भदौ ९
पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा होमनाथ सापकोटा चयन हुनु  भएको छ । शनिवार रत्ननगरमा भएको मञ्चको तेश्रो अधिवेशनले सापकोटालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । मञ्चको उपाध्यक्षमा प्रकाशवावु खनाल,सचिवमा सहकर्मी
ध्रुवराज खनाल,सहसचिव संगिता आचार्य र कोषाध्यक्षमा सुलभ बर्तौला चयन हुनु भएको छ ।  सचिव र कोषाध्यक्ष पद निर्वाचनवाट टुंगो लगाईएको थियो ।सचिवमा सहकर्मी धु्रवराज खनाल र श्यामसुन्दर गिरी बीच प्रतिस्प्रर्धा  भएकोमा
खनाल निर्वाचित भएका हुन भने कोषाध्यषमा सागर अधिकारीलाई पछि पार्दै बर्तौला विजयी हुनुभएको हो । खनालले गिरीलाई ११ मतले पछि पार्दै निर्वाचित हुनु भएको हो । खनालको पक्षमा १४ मत तथा गिरीको पक्षमा ३ मत परेको थियो । त्यस्तै वर्तौलाले अधिकारीलाई १४ मतले पराजीत गरेका हुन् । वर्तौलाको पक्षमा १६ मत तथा अधिकारीको पक्षमा २ मत परेको थियो ।
त्यस्तै सदस्यहरुमा सन्दिप भट्ट, विनय ढुंगाना चयन हुनु भएको छ । ११ सदस्यीय कार्यसमितिको लागि वाँकी ४ जना समितिको पहिलो बैठकले मनोनित गर्ने जनाईएको छ ।


  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News