Winamp windows Media Player Real Player QuickTime

ट्रेड युनियन काग्रेसमा दुई प्यानलको उमेद्धारी दर्ता

१० भदौ
नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रको नयाँ नेतृत्व लगायत पदाधिकारीका लागी  दुई प्यानलले उमेद्धवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा सभापति सुशील कोइराला पक्षीय पुष्कर आचार्य र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय खिलानाथ दाहालको उम्मेद्धारी परेको छ ।यस्तै बरिष्ठ उपाध्यक्ष पदमा रामजी कुबर ,कृष्ण पौडेल र रिता खनालको उम्मेद्धारी परेको छ । यस्तै खुल्ला उपाध्यक्षमा गणेश निरौला , प्रेमसिंह बोहरा ,अयोधिया यादब , भरत खनाल र राधाकान्त देबको उम्मेद्धाारी परेको छ । यस्तै महिला उपाध्यक्षमा रमा पौडेल र बिष्णु देबि पाण्डेको उमेद्धारी दर्ता भएको छ । सेबा क्षेत्रका उपाध्यक्षहरुमा बमबहादुर डिसी , हरिकृष्ण शाह, मदन कुवर र केशमाया जोशीको उम्मेद्धारी दर्ता भएको छ । उत्पादन तर्फ उपाध्यक्षमा गुलाब चौधरी ,ललित श्रेष्ठ र युबराज लामाको उम्मेद्धारी दर्ता भएको छ । अनौपचारीक तर्फ उपाध्यक्षमा धर्म भण्डारी ,किशोर गौतम ,कल्पना अधिकारीको उम्मेद्धारी दर्ता भएको छ । यस्तै माहासचिब पदमा महेन्द्र यादब ,अच्युत पाण्डे र ध्रुब चन्द्र गौतमको उम्मद्धारी परेको छ भने खुल्ला उपमाहासचिबमा ९ जना ,महिला उप महासचिबमा २ जना ,कोषाध्यक्षमा २ जना ,सह कोषध्यक्षमा ३ जना ,महिला सदस्य ७ जनाका लागि २१ जना र खुल्ला सदस्य १५ जनाको लागि १ सय जनाको उमद्धारी दर्ता भएको निर्बाचन समितिका सदस्य गोबिन्द सिग्देलले जानकारी दिनुभयो ।महाधिवेशनले आगामी चार वर्र्षका लागि अध्यक्षसहित ३७ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । महाधिवेशनको हिजो एक समारोहका बीच नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो । देशभरका १ हजार ६ सय प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News