Winamp windows Media Player Real Player QuickTime

टे«ड युनियनको नयाँ नेतृत्वका लागी मतदान हुदै,,मतदान ढिला गरी सुरु हुने

भदौ ११
धु्रवराज खनाल
नेपाल टे«ड युनियन काग्रेश स्वतन्त्रको नयाँ नेतृत्वका लागी आज मतदान हुदैछ । विहान ८ वजेदेखि मतदान हुने भनिएपनि प्राविधिक कारण भन्दै मतदान ढिला गरी सुरु हुने भएको छ । महाधिवेशनले आगामी चार वर्र्षका लागि अध्यक्षसहित ३७ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।  नयाँ नेतृत्व लगायत पदाधिकारीका लागी  दुई प्यानलले उमेद्धवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा सभापति सुशील कोइराला पक्षीय पुष्कर आचार्य र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय खिलानाथ दाहालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै बरिष्ठ उपाध्यक्ष पदमा रामजी कुबर ,कृष्ण पौडेल र रिता खनालको उम्मेद्धारी परेको छ । यस्तै खुल्ला उपाध्यक्षमा गणेश निरौला , प्रेमसिंह बोहरा ,अयोध्याप्रसाद यादब , भरत खनाल र राधाकान्त देबबीच प्रतिस्पर्धा हुने  छ । यस्तै महिला उपाध्यक्षमा रमा पौडेल र बिष्णु देबि पाण्डेको उम्मेदवारी परेको हुने छ  । सेबा क्षेत्रका उपाध्यक्षहरुमा बमबहादुर डिसी , हरिकृष्ण शाह, मदन कुवर र केशमाया जोशी भिडदैछन् । उत्पादन तर्फ उपाध्यक्षमा गुलाबचन्द्र चौधरी ,ललित श्रेष्ठ र युबराज लामाको उम्मेद्धारी दर्ता भएको छ । अनौपचारीक तर्फ उपाध्यक्षमा धर्म भण्डारी ,किशोर गौतम ,कल्पना अधिकारीको उम्मेद्धारी दर्ता भएको छ । यस्तै महासचिब पदमा महेन्द्र यादब ,अच्युत पाण्डे र ध्रुब चन्द्र गौतमको उम्मद्धारी परेको छ भने खुल्ला उपमाहासचिबमा आशा सिंह,उत्तमकुमार गौतम,केदार कोईराला,तेजेन्द्र कार्की,मित्रकुमार राई,मोहनकुमार वस्नेत,रामपल्टन शाह,संजय मिश्र र सुर्य नेपालको उम्मेदवारी परेको छ ।
महिला उप महासचिबमा कमला शिवाकोटी र ललितकला गुरुङ, कोषाध्यक्षमा ऋषभदेव घिमिरे र योगेन्द्रकुमार कुँवर ,सह कोषध्यक्षमा अरुण केशी,जनार्दन निरौला र संजय श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । महिला सदस्य ७ जनाका लागि २१ जना र खुल्ला सदस्य १५ जनाको लागि १ सय जनाको उमद्धारी दर्ता भएको निर्बाचन समितिका सदस्य गोबिन्द सिग्देलले जानकारी दिनुभयो । सदस्यहरुमा चितवनबाट वैकुण्ठराज पौडेल,मुक्तिनाथ ढकाल,जयन्तीप्रसाद उपाध्याय,तेजप्रसाद अधिकारी,पार्वती न्यौपाने,रुद्र सुवेदी र गायत्री वाग्लेले उम्मेदवारी दिएका छन् ।  महाधिवेशनमा १ हजार ६ सय जना प्रतिनिधी सहभागी छन् ।


  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News