Winamp windows Media Player Real Player QuickTime

टे«ड युनियनको मतदानमा १५६० मत खस्यो गणना जारी,राती २ वजे परिणाम आउने

११ भदौ
नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रको पुर्वी चितवनको रत्ननगरमा जारी पाँचौं राष्ट्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । विहान ९ वजेदेखि सुरु भएको मतदान अपरान्ह ४ वजे सकिएको थियो । १ हजार ६ सय ९ मतदाता मध्ये १ हजार ५ सय ६० मत खसेको निर्वाचन मण्डलले जानकारी दिएको छ । मत गणनाको अन्तिम परिणाम राती २ वजे सम्म आउने प्रमुख निर्वाचन अधिकृत योगेन्द्र अधिकारीले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागी चुनावी मैदानमा रहेका खिलानाथ दाहाल र पुष्कर आचार्य प्यानलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अध्यक्षका दावेदार दाहाल र आचार्यको पक्षमा वरावर जसो मत आउन सक्ने सहभागीहरुले वताएका छन् । दहाल काग्रेश वरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर तथा आचार्य सभापति सुसील कोईराला पक्षधर हुन् । वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, रामजी कुवर चुनावी दौडमा छन् । वरिष्ठ उपाध्यक्षको दावेदार प्रस्तुत गरेकी रीता खनालले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएपछि पौडेल र कुँवरबीच प्रतिस्पर्धा भएको हो ।    उपाध्यक्षमा खुल्ला तर्फ अयोध्याप्रसाद यादव, गणेशप्रसाद निरौला, प्रेम सिंह बोहरा, र राधाकान्त देव चुनावी प्रतिस्पर्धामा छन् । भरतप्रसाद खनालले भने उम्मेदवारी फिर्ता लिएका छन् । महिला उपाध्यक्षमा रमा पौडेल र विष्णुदेवी पाण्डे चुनावी मैदानमा छन् । महासचिव पदका लागि धु्रवचन्द्र गौतम र महेन्द्रप्रसाद यादव र कोषाध्यक्षमा ऋषभदेव घिमीरे र योगेन्द्र कुँवर चुनावी मैदानमा छन् । अच्युतराज पाण्डेले महासचिव पदको लागी दिएको उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचनबाट १४ पदाधिकारी सहित ३६ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
 

Local News

Political News

International News

Sports News