Winamp windows Media Player Real Player QuickTime

रोग भित्रन नदिन सचेत वन्दै कुखुरा व्यवसायी

११ भदौ
पुर्वी चितवनमा वर्डफ्लु भित्रन नदिन आफुहरु सचेत रहेको कुखुरा व्यवसायीहरुले वताएका छन् । नवनिर्वाचित पुर्वी चितवन पत्रकार मंचका कार्यसमितिलाई वधाई तथा शुभकामना दिन पुर्वी चितवन कुखुरा व्यवसायी संघले आज(मंगलवार) रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले सो कुरा वताएका हुन् । वर्डफ्लु भित्रन नदिन वाहिरी जिल्लाबाट कुखुरामा रोक,एउटा खोरबाट अर्को खोरमा कुखुरा लिन जाँने गाडीहरुको निशस्त्रीकरण गर्ने गरेको,हरेक हप्ता रोगको चेकजाँच गर्ने गरेको कुखुरा व्यवसायीहरुले जानकारी दिएका छन् । जेष्ठ महिना सम्म पश्चिम चितवनमा वर्डफ्लु देखिएको भएतापनि आफुहरुको सचेतताका कारण पुर्वी चितवनमा सो रोग नदेखीएको पुर्वी चितवन कुखुरा व्यवसायी संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले जानकारी दिनुभयो । कुनै पनि रोगका सम्वन्धमा सत्यतथ्यमा  आधारीत रहेर मात्र समाचार प्रसारण र प्रकासन गर्न उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । शंका उपशंकाका भरमा सुचना सम्प्रेषण गर्दा व्यवसायमा  असर गर्ने विसुरालको भनाई छ । कार्यक्रममा नेपाल अण्डा उत्पादक महासंघका केन्द्रिय महासचिव त्रिलोचन कडेंलले व्यवसायी स्वयम सर्तक रहे रोग समाधान गर्न सकिने वताउनु भयो । कुखुरा व्यवसायी जोखीमपुर्ण अवस्थामा रहेकाले वर्डफ्लु लागीसकेपछि अपाउन  सकिने सावधानीका उपायहरु प्रसारण र प्रकासन गर्न आग्रह गर्नुभयो । त्यस्तै पुर्वी चितवन कुखुरा व्यवसायी संघका उपाध्यक्ष रधुनाथ भट्टले रोगका विषयमा किसानहरुलाई सचेत गराउन प्रावधिक ज्ञान दिईरहेको वताउनुभयो । साथै उहाँले रोग प्रति आफुहरु सचेत रहेको र रोग न्युनिकरण गर्न सक्षम पनि रहेको वताउनु भयो । कार्याक्रममा पुर्वी चितवन पत्रकार मंचका सचिव धु्रवराज खनालले कुखुरा व्यवसायीको विकासका लागी पत्रकारीताका माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा मंचका संस्थापक अध्यक्ष केपी किरण शर्मा लगायत कुखुरा व्यवसायीहरुले वोलेका थिए । पुर्वी चितवन कुखुरा व्यवसायी संघमा करिव २ सय किसानहरु आवद्ध रहेका छन् । सो अवसरमा कुखुरा व्यवसायीहरु मंचसंग  हातेमालो गर्दै अगाढी वढ्ने वताउँदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News